मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसुवामा यात्रुवाहक बस दुर्घटना, तीस जनाको मृत्यु

रसुवामा यात्रुवाहक बस दुर्घटना, तीस जनाको मृत्यु


रसुवा । रसुवामा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृतकमध्ये एक बालकसहित १८ पुरुष र १२ जना महिला छन् ।

काठमाडौंबाट रसुवाको चिलिमेतर्फ जाँदै गरेको ना ३ ख ५७०६ नम्बरको यात्रुवाहक बस रसुवाको राम्चे गाविसमा १२ स् ४५ मा दुर्घटनाग्रस्त भएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् । उनले बसमा ७० भन्दा बढी यात्रु रहेको जानकारी दिए ।

बस सडकबाट डेढ सय मिटर तल खसेको थियो । घाइतेहरुलाई धुन्चे र त्रिशुली अस्पताल पुर्‍याइएको छ । बसको छतमा पनि थुप्रै यात्रु रहेको बताइएको छ । अहिले पनि यात्रुहरुको उद्धार कार्य जारी छ ।