मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उज्यालो भविष्यको खोजीमा सडक बालबालिका

उज्यालो भविष्यको खोजीमा सडक बालबालिका


चितवन । ओखलढुंगाका निरज नेपाली बुबाको मृत्युपछि बेसहारा बन्दै सडकमा आइपुगे । अपाङ्ग आमा पनि मागी खाने भएपछि १५ वर्षीय निरजको बास सडकमा हुन थाल्यो । बाध्यताले सडकमा जीवन बिताउन आइपुगेका उनी अहिले उज्यालो भविष्यको खोजीमा छन् । सडकमा रहँदा बस्दा उनी विभिन्न अभियोगमा १५ पटकसम्म प्रहरीको अनुसन्धान घेरामा परिसकेका छन् ।

डेनलाइट, रक्सी र चुरोटको लतमा परेका नेपालीलाई नेपाल प्रहरीको सडक बालबालिका पुनस्र्थापना तथा पुनर्मिलन कार्यक्रमअन्तर्गत उद्धार गरी पुनसर््थापना गृहमा राखिएको छ । निरज नेपालीजस्ता १६ जना बालकहरु अहिले चितवन र नवलपरासीमा रहेका विभिन्न आठवटा गृहमा रहेका छन् ।

चोरी, लटुपाटजस्ता आपराधिक काममा सडक बालबालिकाको पनि संलग्नता देखिएकाले उनीहरुको पुनस्र्थापना गर्न सके सभ्य समाज निर्माण हुने उद्देश्यले नेपाल प्रहरी निजी क्षेत्रसँगको सहकार्यमा सडक बालबालिका पुनस्र्थापना कार्यक्रम ल्याएको चितवन प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरले बताए ।

अपराधरहित समाज निर्माणका लागि निजी क्षेत्रको पनि बराबर भूमिका हुने भएकाले प्रहरी र निजी क्षेत्रको सहकार्यमा सडक बालबालिकाको उज्यालो भविष्य खोजीका लागि नयाँ कार्यक्रम सुरूवात् गरिएको मध्य क्षेत्र तालिम केन्द्र भरतपुरका प्रमुख एसएसपी रमेश खरेलले बताए ।

उद्दार गरिएका बालकहरुलाई शिक्षा र सीप प्रदान गरिने उनले बताए । पुनस्र्थापना केन्द्रमा राखिएका मध्ये अधिकांश आमा वा बाबु गुमाएका छन् । त्यस्तै सर्लाही, मकवानपुर, बाग्लुङ, तनहुँ, गोरखालगायतका जिल्लाका ९ देखि १५ वर्ष उमेर समूहका १६ जना बालकलाई पहिलो चरणमा विभिन्न आठवटा पुनस्र्थापना गृहमा राखिएको चितवन प्रहरीका प्रहरी नायव उपरीक्षक डिएसपी राजन अधिकारीले बताए ।

अधिकांश बालकहरु पटकपटक प्रहरी कारबाहीमा परेको उनले जनाए । विशेषतः लागूऔषध दुव्र्यसनमा परेका बालबालिकाको सडक जीवन अन्त्य गरी उज्यालो भविष्य बनाउनका लागि विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरिएको डिएसपी अधिकारीले बताए । हाल पुनस्र्थापित भएका बालकहरुमा भण्डाराका १३ वर्षीय राजु रोक्का, सर्लाहीका १४ वर्षीय सन्तोष मगर, हेटौंडाका ११ वर्षीय रविन मगर, बाग्लुङका १३ वर्षीय अर्जुन ठकुरी, चितवन फूर्तिचोकका ९ वर्षीय प्रविण खनाल, गोर्खाका १३ वर्षीय मनि मगर, गैंडाकोका १३ वर्षीय प्रकाश परियार, धनकुटाका १४ वर्षीय रविन्द्र राई, हेटौडाका १० वर्षीय काले नेपाली, दमौलीका १३ वर्षीय संदीप परियार, गैंडाकोटका १२ वर्षीय अनिल थापा र १२ वर्षका सुनिल थापा, गोरखाका १३ वर्षीय विवेक रेग्मी र सुनिल घर्ती तथा सर्लाहीका १२ वर्षीय मुस्कान मगर रहेका छन् ।

उनीहरुलाई नारायणगढको पुल्चोक, लायन्सचोक, बेलचोक, कमलनगर क्षेत्रबाट उद्धार गरिएको डिएसपी अधिकारीले बताए । हाल संरक्षित बालबालिका र बाँकी बालबालिकाको उज्यालो भविष्यको लागि आवास, स्रोत व्यवस्थापन, शिक्षा, मनोविमर्शलगायतका विषयमा विभिन्न सात वटा उपसिमित बनाएर बिहीबार भरतपुरमा बैठक राखिएको थियो । बैठकमा प्याव्सन चितवनका अध्यक्ष बेलबहादुर गुरूङ, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सहन प्रधान, उद्योग संघका उपाध्यक्ष राजु पौडेल, आर्दश गृहकी प्रमुख मीना खरेल, भरतपुर अस्पतालका मेसु डा। केशवराज भुर्तेललगायतको उपस्थिति रहेको थियो ।