मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा सनातन धार्मिक तथा साँस्कृतिक कार्यक्रम भब्य सम्पन्न

अमेरिकामा सनातन धार्मिक तथा साँस्कृतिक कार्यक्रम भब्य सम्पन्न


सनातन धार्मिक तथा साँस्कृतिक सेवा समाज बफेल्लो द्वारा  यहि १७ अक्टोवर २०१५ मा २८६ लाफियट एभिन्यू बफेल्लो न्यूयोर्क १४२१३ मा एक धार्मिक एवं साँस्कृतिक कार्यक्रम भब्यरूपले सुसम्पन्न गरेको छ । प्राप्त सुचना अनुसार, बफेल्लो न्यू योर्कमा बस्नुहुने माहानुभावहरू र स्थानीय शहरहरूबाट उपस्थितहरूले क्रार्यक्रम स्थल खचाखच भरीएको थियो ।
 
आयोजकहरूका अनुसार कार्यक्रम दुई चरणामा बाँडिएको थियो । पहिलो चरणमा नवदुर्गाको उपलक्ष्यमा दुर्गा पुजा एवं दशैंकै उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम रहेको थियो । पहिलो चरणको कार्यक्रम अनुसार नै नौ दुर्गाको रूपमा नौ कन्यहरूलाई सम्मान समेत गरीएको थियो । त्यहि चरणमा प्रख्यात पं. श्री हेम धिताल र पुरोहित श्री टिका अधिकारीको मुखरविन्दबाट सप्तसति परायण तथा समाजका धरोहर एवं जिउँदो इतिहासकारूपमा समाजमा रहनुहुने सम्पुर्ण ८० वर्ष र सो भन्दा माथिल्लो उमेरका बृद्ध-बृद्धाहरूलाई समेत आयोजक समितिले सम्मान गरेको थियो । 
 
त्यसै गरी कार्यक्रमको दोश्रो चरणमा साँस्कृतिक कार्यक्रम रहेको कार्यक्रम आयोजक संस्थाका सचिव श्री होम हुमागाँईले जानकारी दिनुभयो। भुटानी समाजका स्थानीय कलाकारहरूको कार्यक्रममा उल्लेख्य उपस्थिती रहेको थियो । ओहायो, पेन्सिलभेनीया र न्यूयोर्कबाट पनि उल्लेख्यरूपमा कलाकारहरू र स्थानीयहरूको उपस्थित रहेको थियो । कार्यक्रममा सबै उमेरका मानिसहरूको उल्लेख्यरूपमा उपस्थित रहेको थियो । कार्यक्रम सुश्री अनिता शर्मा र संस्थाका साँस्कृतिक संयोजक श्री गणेश रेग्मि ज्यूले सन्चालन गर्नु भएको थियो । 
 
कार्यक्रमको सभापतित्व संस्थाका अध्याक्ष श्री दुर्गा हुमागाँईले गर्नुभएको थियो भने लिगल एड बाट लिसा स्ट्रेन्ड मुख्य अतिथीमा रहनु भएको थियो । कार्यक्रममा स्थानीय संघ साँस्थाका प्रतिनिधिको पनि उल्लेख्यरूपमा उपस्थित रहेको थियो ।