मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

३१ अक्टोबरमा नेजस नर्दन क्यालिफोर्निया च्याप्टरको आयोजनामा पिकनिक कार्यक्रम

३१ अक्टोबरमा नेजस नर्दन क्यालिफोर्निया च्याप्टरको आयोजनामा पिकनिक कार्यक्रम


नेपाली जन सम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टरले विगतको वर्षहरूमा झैँ यस वर्ष पनि भव्य पिकनिकको आयोजना गर्ने भएको छ ।
 
विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान र आपसी मित्रता, सहयोग, सदभावलाई सँगै बसेर साटासाट गर्न तथा विगतको जस्तै यस वर्ष पनि पिकनिकको निरन्तरतालाई यस पटक थप मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ ।
 
यही ३१ अक्टोबर शनिवारका दिन लेक चाबोट रिजनल पार्क ए १७६०० लेक चाबोट आरडी क्यास्ट्रो भ्यालीमा पिकनिक कार्यक्रम हुने भएको छ । आयोजकका अनुसार पिकनिकमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पिकनिक कार्यक्रममा खसीको सेकुवा, चिकन बीबीक्यू, सेल रोटी लगायत विभिन्न नेपाली परिकारहरुको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
 
यस्तै पिकनिक कार्यक्रममा डोरी तान्ने, गाग्रो फुटाउने, बिङ्गो जस्तो मनोरञ्जनात्मक कार्यक्रम तथा साङ्गीतिक प्रस्तुतिहरु समेत रहेको पिकनिक संयोजक लक्ष्मी केसी कार्कीले जानकारी दिनुभएको छ । उक्त पिकनिक कार्यक्रममा सहभागी भई भरपूर मनोरञ्जन लीनका लागि सम्पूर्ण नर्दन क्यालिफोर्नियाबासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा नेपाली जन सम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पाले
हार्दिक आग्रह समेत गर्नुभएको छ ।