मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपति यादवद्धारा ६१० कैदीलाई माफी

राष्ट्रपति यादवद्धारा ६१० कैदीलाई माफी


काठमाडौं  । राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान जारी भएको तथा बडादसैं २०७२ का उपलक्ष्यमा संशोधित कारागार नियमावली बमोजिम कैद भुक्तान हुन बाँकी रहेका ६१० जनाको आज बाँकी कैदको माफी दिएका छन् ।
 
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको प्रतिकूल नहुने असल चालचलन भएका पूर्णप्रसाद धमलासहित वृद्ध र अशक्तसमेतलाई कैद माफी गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
 
सोमबारको मन्त्रिपरिषद्को बैठकले ४० प्रतिशत कैद भुक्तान वा ६५ वर्ष उमेर पुगेका आधारमा कैद मिनाहा गर्ने व्यवस्थासहित ‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम कार्यविधि, २०७१’ संशोधन गरेको थियो ।
 
यसमा गम्भीर अपराध बाहेकका कैदीलाई माफी दिइएको छ । यसअघि ५० प्रतिशत कैद भुक्तान र ७० वर्ष उमेरपछि कैद मिनाहा हुने व्यवस्था थियो । –रासस