मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बस दुर्घटनासँगै आगलागी, छ जनाको शव फेला

बस दुर्घटनासँगै आगलागी, छ जनाको शव फेला


तुलसीपुर । बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको लु१ख ५८२८ नम्बरको यात्रुवाहक बस खासखुस्मा गाविस–८ चप्परगौरीमा दुर्घटना भई एक्कासि आगलागी हँुदा बसमा सवारमध्ये अहिलेसम्म छ जनाको शव प्राप्त भएको छ ।
 
इलाका प्रहरी कार्यालय अमेलियाले दिएको जानकारीअनुसार बसमा ३३ यात्रु सवार रहेको र तीमध्ये १२ जनाको जीवित उद्धार गरिएको छ भने अहिलेसम्म छ जनाको शव प्राप्त भएको हो । घाइतेकोउद्धार जारी नै रहेको र मृतकको अझै सनाखत हुन सकेको छैन् ।
 
बसमा सवार यात्रु केहीले पेट्रोलियम पदार्थ बोकेको र बस अनियन्त्रित भई दुर्घटना हँुदा तातेर आगलागी भएको प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण आउन बाँकी नै छ । रासस