मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान कार्यान्वयनप्रति प्रतिबद्ध छौ : सभापति कोइराला

संविधान कार्यान्वयनप्रति प्रतिबद्ध छौ : सभापति कोइराला


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुुशील कोइरालाले संविधान कार्यान्वयन गर्न आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

रिपार्टर्स क्लबले महाराजगञ्जस्थित आफ्नै निवासमा गरेको साक्षात्कार कार्यक्रममा सभापति कोइरालाले लोकतन्त्रको संस्थागत विकास एवम् संविधानको कार्यान्वयनमा नेपाली काँग्रेस कहिल्यै नचुक्ने बताउनुभयो ।

संविधान संशोधन विधेयक र पुनःनिर्माण प्राधिकरण विधेयक शीघ्र पारित गर्न सुझाव दिँदै उहाँले नेपाल–भारत सीमा नाकामा उत्पन्न अवरोधको अन्त्यका लागि सशक्त कूटनीतिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

एक पृथक् प्रसङ्गमा सभापति कोइरालाले पार्टीको निर्णयअनुसार आफूले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको स्पष्ट गर्दै लोकतान्त्रिक प्रणालीमा आफ्नो उम्मेदवारी अस्वभाविक नभएको बताउनुभयो ।

संवाद, सहमति, सहकार्य, मेलमिलाप र एकताबाटै मुलुकको विकास हुने दोहो¥याउँदै पूर्व प्रधानमन्त्री कोइरालाले वार्ताको माध्यमबाट समस्याको हल खोज्न तराई–मधेसमा आन्दोलनरत पक्षलाई आग्रह पनि गर्नुभयो । रासस