मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युयोर्कमा कलाकारलाई सम्मान

न्युयोर्कमा कलाकारलाई सम्मान


न्युयोर्क- बडा दसैँ तथा शुभ दीपावलीको अवसर पारी नेपाली अमेरिकन कलाकार सघंले यही अक्टोबर सोह्र तारिक न्युयोर्कको ज्याक्सन हाइटमा शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा नेपाली सङ्गीतलाई अमेरिकी बजारसम्म पुर्‍याउन अतुलनीय भूमिका खेलेबापत कलाकारद्वय प्रेमराज महत तथा राज कपुरलाई लाइफ टाइम एचिभमेन्ट अवार्डद्वारा सम्मान गरियो ।
 
अमेरिकामा डेढ दशकभन्दा पनि बढी बसी कलाकारद्वयले नेपाली सङ्गीतलाई अमेरिकाको विभिन्न स्टेटहरुमा सबै सामु पस्कँदै आएका छन् । विशेष गरी कलाकार प्रेमराज महत गायन तथा राज कपुर वाद्यवादकको रूपमा कार्य गर्दै आएका छन् । नेपाली गीत संगीमा लागी परेका प्रेमराज महत नेपालमा रेडियो नेपालमा कार्यरत थिए । उनलाई लोक सङ्गीतको फाँटमा एक धरोहर नै मानिन्छ । राज कपुर भने प्राज्ञ प्रतिष्ठानमा वाद्यवादक थिए ।
 
त्यसैगरी अमेरिका भ्रमणमा आएका पुराना सदावहार लोकगायक नवीन ढुंगेललाई पनि नेपाली अमेरिकन कलाकार सघंले सम्मान गरेको थियो । सम्मानित तिनै स्रष्टाले आफूहरुलाई कलाकारकै संस्थाले सम्मानित गरेकोमा ज्यादै खुसी प्रकट गरेका थिए ।
 
अमेरिकामा रहेको सघंले नेपालमा भएका कलाकारलाई समस्या पर्दा विगतमा धेरैपटक सहयोग गर्दै आएका छ । दसैँ तथा शुभ दीपावलीको अवसरमा आयोजना गरिएको शुभकामना कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावासका न्युयोर्कका उपप्रमुख प्रवीण भट्टाराईले सम्मानित व्यक्तिहरूलाई सम्मान गर्नुको साथै कला संस्कृतिको संरक्षण सबैलाई गर्नुपर्ने बताए ।