मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रायमाझीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट ३ लाख रुपैया सहयोग

रायमाझीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट ३ लाख रुपैया सहयोग


निर्मल अर्याल / हिमालय खबर काठमाडौं I नेपाली जनसम्पर्क समिति अमेरिकाले सोमबार राजधानीमा एक कार्यक्रम गरी नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्व महामन्त्री उमेशजंग रायमाझीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । रायमाझीको उपचारका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट नगद ३ लाख रुपैया समितिका केन्द्रीय अध्यक्ष आनन्द विष्टले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई हस्तान्तरण गर्नुभयो । देउवाले उक्त रकम कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङलाई प्रदान गर्नुभयो ।
 
कलेजोमा देखिएको गम्भीर समस्याका कारण अस्वस्थ रहनु भएका रायमाझीको अहिले भारतको मेदान्त अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न केन्द्रीय सदस्य धनराज गुरुङ नेतृत्वको पूर्व विद्यार्थी नेताहरुको समिति सक्रिय रहेको छ । सोही अवसरमा लामो समय कांग्रेस केन्द्रीय कार्यालयमा कर्मचारीको रुपमा सेवा गरी हाल अस्वस्थ रहनु भएका मोहनबहादुर खत्री र सुरेश श्रेष्ठ दुवैलाई नगद ५०–५० हजार रुपैया प्रदान गरियो । त्यस्तै दलित संघका पूर्व उपाध्यक्ष डिबी परियारलाई पनि नगद ५० हजार रुपैया प्रदान गरियो ।
 
कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाँड, डाक्टर प्रकाशशरण महत, उमाकान्त चौधरी, सुरेन्द्र पाण्डे, भिमसेनदास प्रदान लगायतले नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको सहयोग सबैका लागि उदाहरणीय भएको बताउनु भएको थियो ।
 
नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय अध्यक्ष आनन्द विष्टको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै समितिका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले नेपाली विद्यार्थी राजनीतिमा महत्वपूर्ण योगदान गरेका उमेशजंग रायमाझी जस्ता योद्धालाई सहयोग गर्न पाउँदा नेपाली जनसम्पर्क समिति अमेरिका गौरवान्वित भएको बताउनुभयो ।
 
अध्यक्ष विष्टले आफनो नेतृत्वको समिति पार्टीलाई आवश्यक पर्दा जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य प्रमोद सिटौलाले संचालन गर्नु भएको कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुसँगै वरिष्ठ पत्रकार, चलचित्रकर्मी, संगितकार उद्योगी, व्यापारी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सबैलाई एक आपसमा विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेका थिए ।