मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको टेक्सासमा दशैँ भलिबल खसी-कप सम्पन्न (फोटो फिचर )

अमेरिकाको टेक्सासमा दशैँ भलिबल खसी-कप सम्पन्न (फोटो फिचर )


हिमालय खबर, टेक्सास 

ड्यालस टेक्ससमा बिजयादशमी -२०१५को  उपलक्षमा  "खसी-कप भलिबल" प्रतियोगीता सम्पन्न भएको छ। ड्यालसको अर्भिंग भलिवल टिम द्वारा आयोजित सो प्रतियोगितामा युलेसको बियर क्रिक पार्कमा आयोजना गरिएको थियो। टेक्ससको ड्यालस फोर्टवोर्थ वरिपरिका ७ टीमले भाग लिएका थिए। 
 
गत अक्टोबर १८ आईतबार सम्पन्न उक्त खेलमा ह्याल्टम मकालु भलिबल टीमलाई अर्भिंग भलिबल रेड  टीमले  पराजित गरेको थियो।
 
विजयी टीमलाई प्रमुख अतिथि एनआरएन टेक्सास  अध्यक्ष उत्तम लामिछानेले प्रथम हुने टिमलाई ४०० तथा दोश्रो हुने टिमलाई १००  डलर नगद पुस्कार सहित ट्रफी प्रदान गर्नुभएको थियो । प्रतियोगिताका  उत्कृसट खेलाडी ह्याल्टम मकालु भलिबल टीमका सबिन गौतमलाई समाज सेबी डा नन्द रेग्मीले ट्रफी प्रदान गर्नुभएको थियो।
 
खसी कप भनिएकोले एउटा खसी बराबरको रकम पुरस्कार दिईएको कुरा आयोजक भिम थापाले हिमालय खबरलाई बताउनु भयो ।
 
कार्यक्रम आयोजकका तर्फबाट जीबा बुढाले प्रतियोगिता सफल बनाउन विशेष  गरेर रेफ्रीहरु  हरि थापा, भरत देवकोटा, विकास राज न्यौपाने, कमल थापामगर   र  सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै आगामी बर्षको दशैंकप थप भब्यताका साथ सम्पन्न गरिने हिमालयखवरलाई जानकारी दिए ।

कार्यक्रमको सबै फोटोहरु हेर्नको लागि यहाँ थिच्नुहोला