मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएनए अध्यक्षमा पुनः शेष घले निर्वाचित (अपडेट)

एनआरएनए अध्यक्षमा पुनः शेष घले निर्वाचित (अपडेट)


हिमालय खबर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् ।
 
बिहीबार भएको निर्वाचनमा टेकबहादुर (टीबी) कार्कीलाई पराजित गर्दै घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । घलेले ८६७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २२६ मत पाए ।
 
गैरआवासीय नेपाली संघ (एनआरएन)को सातौं विश्व सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शेष घलेलाई अध्यक्षमा विजयी बनाएको छ । नेतृत्व चयनका लागि विहीबार काठमाण्डौँको सोल्टी होटलमा सम्पन्न निर्वाचनमा शेष घले पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । 
 
अध्यक्षका प्रत्यासीका लागि यसअघि टिबी कार्की र रतन झाले उम्मेरवारी पेश गरेका थिए । तर अन्तिम समयमा आएर रतन झाले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । झाले अध्यक्षका उम्मेदवार शेष घलेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । त्यसपछि टिबी कार्की र घलेबीच भएको भोटिङमा घले बिजयी भएका हुन् । 
 
नेपालमै बनेको बिद्युतीय मेसिनमार्फत गरिएको मतदानको परिणाम भर्खरै मात्र सार्वजनिक भएको छ । 
 
सन् २०१३ मा भएको गैर आवासीय नेपाली संघको निर्वाचनमा ५ सय १० मत प्राप्त गरेर विजयी भएका थिए । उनको कार्यकाल निकै सफल मानिन्छ । घले अष्ट्रेलिया निवासी हु्न् । 
 
उपाध्यक्षमा भवन भट्ट र कुमार पन्त निर्वाचित भएका छन् । भट्टले ५३८ र पन्तले ५१३ मत प्राप्त गरेका छन् । यस्तै खगेन्द्र जिसीले ३१७, नरेन्द्र भाटले २६९, लक्ष्यबहादुर थापाले १६५ र रामसिंह थापाले १२७ मत प्राप्त गरेको हाम्रा विशेष संवाददाताले जनाएका छन् । 
 
महासचिवमा वद्री केसी निर्वाचित भए । उनले ५५२ पाएका छन् । यस्तै पुष्पराज तिमिल्सेनाले १२२, पुष्प थापाले १३४ र रञ्जु थापाले २५५ मत प्राप्त गरेका थिए । 
 
कोषाध्यक्षमा हिक्मतबहादुर थापा २६४ मत प्राप्त गरी विजयी बनेका छन् । यमकुमार गुरुङले २४६, राजेन्द्र सिवाकोटीले २१३, चिरञ्जीवी थापाले २०३ र भैरवप्रसाद ढकालले १६४ मत प्राप्त गरे । 
 
सचिवमा अर्जुनकुमार श्रेष्ठ ३९१ मतका साथ निर्वाचित भएका छन् । यस्तै गणश केसीले ३१६, सुरेन्द्रबहादुर श्रेष्ठले १८२ र धर्मबहादुर केसीले १६९ मत ल्याएका छन् । 
 
युवा संयोजकमा विजय पोखरेल र उपसंयोजकमा लोकराज शर्मा तथा महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा राजनी प्रधान निर्वाचित भएका छन् ।
 
अमेरिका संयोजकमा सेनाम लामा, उपसंयोजकमा आङ छिरिग शेर्पा, एसिया प्यासिफक संयोजकमा किरण विक्रम थापा र युरोप सह संयोजकमा दाबा शेर्पा र प्रेम गुरुङ निर्वाचित भएका छन् । युरोप संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
 
यस्तै गल्फ संयोजकमा डीबी क्षेत्री, उपसंयोजकमा धर्मराज गिरी र उमेश अधिकारी ओसियानामा महेन्द्र लम्साल निर्वाचित भएका छन् ।
 
सदस्यतर्फको नतिजा आउँदैछ । प्रतीक्षा गर्नुहोला ।