मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बोको हरामसँग लडन अमेरिकाले सेना पठाउने

बोको हरामसँग लडन अमेरिकाले सेना पठाउने


काठमाडौं, २८  असोज – अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफ्रिकी मुलुक क्यामरुनमा इस्लामिक चरमपन्थी बोको हरामविरुद्ध लड्न अमेरिकी सेना पठाउने घोषणा गरेका छन्।



राष्ट्रपति ओबामाले करिब तीन सय सैनिक क्यामरुनमा पठाउने घोषणा गरेका हुन। अमेरिकी कंग्रेसलाई जानकारी गराएर ओबामाले ९० जना सैनिकको टोली सोमबार नै क्यामरुन पठाइसकेका छन्। राष्ट्रपति ओबामाले आवश्यक परेको अवस्थासम्म आफ्ना सैनिक क्यामरुनमा रहने बताए।



उनले आफ्ना सेनाले चरमपन्थीविरुद्ध लड्न हवाई निगरानी गर्नुका साथै क्यामरुन सुरक्षा फौजको अभियानलाई मद्दत गर्ने बताए। अमेरिकी मुलुक क्यामरुन र चाड चरमपन्थी इस्लामिक स्टेटको निशानामा छन्। एजेन्सी