मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनअारएन चुनाव : मतदान सम्पन्न, मतगणना सुरू, अाजै परिणाम अाउने

एनअारएन चुनाव : मतदान सम्पन्न, मतगणना सुरू, अाजै परिणाम अाउने


गैरअावासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिकाे निर्वाचन सम्पन्न भएकाे छ । निर्धारित समयभन्दा चार घण्टा ढिलाे नेपाली समयअनुसार बिहिबार १ बजे सुरू भएकाे मतदान साँझ ५ बजे सम्पन्न भएकाे छ । केही समयपहिले मतगणना सुरू भएकाे छ र राति अबेरसम्ममा परिणाम सार्वजनिक हुने जानकारी निर्वाचन समितिले दिएकाे छ ।
 
लामाे चुनावी जाेडघटाउपछि अध्यक्षका उम्मेद्वार रतन झाले अर्का उम्मेद्वार शेष घलेकाे राम्राे कामकाे साक्षी बस्दै उम्मेद्वारी फिर्ता लिएपछि अध्यक्षमा शेष घले र टीवी कार्कीबीच साेझाे प्रतिस्पर्धा भएकाे थियाे ।  पूर्व अध्यक्षहरूकाे रणानीतिक चाल र राजनीतिक चलखेलपछि झाले उम्मेद्वारी फिर्ता लिएपछि चुवाव पछिल्लाे महाधिवेसनमा घले र तेन्जी शेर्पाबीच भएजस्तै ढाचा र ढर्रामा सम्पन्न भयाे । जति नै राजनीति मुक्त एनअारएन भने पनि सारमा चुनाव पछिल्लाे संस्करणामा जस्तै कांग्रेस भर्सेज एमाले नै भयाे । र, अंकगणित हेर्दा घलेकाे पक्षमा पहिलेकाे जस्तै परिणाम अाउने संकेत देखिएकाे छ ।
 
झाकाे उम्मेद्वारी फिर्ताले अमेरिकाबाट उपाध्यक्षमा उम्मेद्वारी दिएका खगेन्द्र क्षेत्रीका पक्षमा चुनावी माहाैल बनेकाे थियाे । अमेरिकाका झाले घलेकाे पक्षमा उम्मेद्वारी फिर्ता लिएकाले घले समर्थकहरू पनि क्षेत्रीलाइ मत दिन उत्साहित देखिएका थिए । ढिलै भए पनि उम्मेद्वारी फिर्ता लिएर केही सजिलाे बनाइदिएकाे क्षेत्रीका समर्थकहरूले बताए । झाकाे उम्मेद्वारीले अध्यक्ष, उपाध्यक्ष दुबै महत्वपूर्ण पदमा उम्मेद्वारी दिएर अमेरिकाले पनि अष्ट्रेलियाले जस्तै अर्घेलाे गरेकाे अाराेप लागेकाे थियाे । स्मरणीय रहाेस्, अष्ट्रेलियाले सबै पाँच पदाधिकारीमा उम्मेद्वारी दिएर अष्ट्रेलियाली हेजेमाेनी प्रदर्शन गरेकाे थियाे ।
 
अन्तिम समयमा ओसियाना उप-संयोजक होमनाथ पाण्डे (अष्ट्रेलिया) ले पनि उम्मेद्वारी फिर्ता लिएका थिए । केही पद निर्विराेध भए । निर्बिराेध निर्वाचित हुनेहरूमा यूरोप संयोजक कूल आचार्य (यूके), अफ्रिका संयोजक सुनिल कार्की (केन्या), ओसियाना उप-संयोजक रमेश जोशी (अष्ट्रेलिया), युवा उप-संयोजक लोकराज शर्मा (डेनमार्क) र महिला संयोजक सपिला राजभण्डारी (रसिया) छन्। अफ्रिका उपसंयोजकमा भने उम्मेद्वारी नै परेन ।
 
एनअारएन अाइसीसीका सबै २२ पदमा ५५ उम्मेद्वारबीच प्रतिस्पर्धा भएकाे थियाे । मतदानमा ४७ मुलुकका १३९४ मतदाताले मतदान गरेका थिए ।
महाधिवेसनस्थल काठमाडाैंबाट धन थापाकाे सहयाेगमा ।
२९ असाेज, २०७२