मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘चंखे शंखे पंखे’ अब विदेश जाने

‘चंखे शंखे पंखे’ अब विदेश जाने


सुदर्शन थापाद्वारा निर्देशित नेपाली चलचित्र ‘चंखे शंखे पंखे’ अब विदेशमा प्रदर्शन हुने भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा चलचित्रको निर्मँण संस्था आसुसेन फिल्म्स प्रोडक्सन तथा यूथ फर यूथ मिडियाबीच विदेशमा चलचित्र प्रदर्शन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चलचित्रका निर्मँता सन्तोष सेन तथा मिडियाका अध्यक्ष बिजु बज्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
 
नेपालमा असोज ८ गते नै प्रदर्शन भएको यो चलचित्रलाई यूथ फर यूथ मिडियाले अष्टे«लिया, अमेरिका, दक्षिण कोरिया तथा कतारमा प्रदर्शन गर्ने अधिकार पाएको हो । मिडियाले एक वर्षसम्म यी चार देशमा चलचित्र प्रदर्शन गर्नेछ । समारोहमा चलचित्रका निर्देश्ँक तथा मुख्य अभिनेता सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा पनि उपस्थित थिए । सम्झौता अनुसार यूथ फर यूथ मिडिया हाउसले यो चलचित्र विदेशका विभिन्न शहरहरुमा प्रदर्शन गर्नेछ ।
 
सम्झौता अनुसार अष्टे«लियामा यो चलचित्रको पहिलो प्रदर्शन हुनेछ । दसैं तथा तिहारको बीचमा अष्टे«लियामा प्रदर्शन प्रारम्भ गरिनेछ । अष्टे«लियापछि दक्षिण कोरिया, अमेरिका तथा कतारमा पालैपालो यो चलचित्र प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
 
चलचित्रमा सुदर्शन थापा, सुवास थापा, पूजा शर्मा, प्रेम पुरी, नन्दिता केसी, प्रमोद अग्रहरी, रविन्द्र खड्का, ध्रुव कोइराला, राजाराम पौडेल, श्याम राई, रबिन्द्र झा आदि कलाकारले अभिनय गरेका छन् । रामशरण पाठकको पटकथा–संवादको यो चलचत्रिमा ताराप्रकाश लिम्बुको संगीत, अष्ट महर्जनको द्वन्द्व तथा गोविन्द राईको नृत्य निर्देशन छ ।