मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डाक्टरले मृत्यु घोषणा गरेको मान्छे चलबलाएपछि

डाक्टरले मृत्यु घोषणा गरेको मान्छे चलबलाएपछि


एजेन्सी – मुम्बई प्रहरीले एक अज्ञात मानिसलाई अचेत रुपमा छटपटाएको देखेपछि नजिकैको अस्पतालमा लैजान्छन् । विभिन्न संक्रमणबाट ग्रस्त ती व्यक्तिलाई त्यहाँको एक स्थानीय अस्पतालले तत्काल मृत घोषित गरी उनको शव परिक्षणका लागि शव गृहमा लैजान आदेश दिन्छ । जब पोस्टर्माटम सुरु हुन्छ ती मानिस बिस्तारै चलबलाउन थाल्छन् । हात खुट्टाका औंला घुम्न थाल्छन् ।
 
पोस्टमार्टममा संलग्न व्यक्तिको होस हवास उड्छ । तत्कालै काम रोकी चिकित्सकलाई जानकारी गराउँछन् । उनको उपचारमा संलग्न चिकित्सक कोठाभित्र पस्छन् । उनलाई मृत घोषणा गरेको प्रमाणपत्र तत्काल च्यातिदिन्छन् । झट्ट सुन्दा कुनै चलचित्रको कथा जस्तो लाग्ने यस घटना यही आइतबारको हो । हो भारतमा चिकित्सकले मृत घोषणा गरी शव परीक्षणका लागि शव गृहमा पु¥याइएका मानिस पोस्टमार्टम गर्ने क्रममा ब्युतिएका छन् ।
 
 
यस घटनाले मुम्बईको लोममान्य तिलक म्युनिसपल जनरल हस्पिटल र त्यहाँ कार्यरत चिकित्सकको विश्सनीयतामाथि प्रश्न चिन्ह खडा भएको छ । ‘मृत घोषणा गरिएका मानिस चलमलाउन थालेपछि डाक्टरले हत्तपत्त उनलाई मृत घोषणा गरेको प्रमाण पत्र च्यात्न दौडिए,’ मुम्बई प्रहरीका उप कमिसनार अशोक डुढेले भने ।
 
 
चिकित्सकलाई अस्पताल बाहिर रहेको मानिसलाई जबरजस्ती जाँच्न लगाएर चिकित्सकलाई प्रहरीले विवादमा तानेको सो अस्पतालका डिन सुलेमान मर्चेन्टले बताए । प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई मध्यनजर राखी ती बटुवालाई उठाएर प्रहरीले अस्पताल पु¥याएको थियो । ‘प्रधानमन्त्रीको सुरक्षा प्रबन्ध गर्न सडकमा रहेका अज्ञात व्यक्तिलाई अस्पतालमा उपचार गर्न बाध्य पारे,’ मर्चेन्टले भने । ‘बटुवालाई भित्र लगेर व्यबस्थित ढंगले उपचार गरेको भए सो घटना हुने थिएन,’ उनले थपे ।
 
 
ती अज्ञात व्यक्तिलाई कुपोषण भएको वा मदिरा सेबनपछि अन्य मानिसहरुले दुरव्र्यबहार गरेको आशंकामा थप उपचार गरिएको एएफपीले जनाएको छ । ‘ऊ अझै पनि अस्थिर र गम्भीर देखिन्छ ,’ डीनले भने । सो घटनाको अप्रत्यक्ष रुपमा प्रहरीको पनि संलग्नता रहे पनि अस्पताल र चिकित्सकले आफूहरुको लापरबाही ढाक्न खोजेको प्रहरी प्रमुख डुढेले लगाए । सो घटनाका विषयमा प्रहरीले आन्तरिक छानबिन गरेको बताइएको छ । सो घटनालार्य लिएर प्रहरी कमिसनरमा एउटा रिपोर्ट पठाइएको प्राप्त समाचारमा जनाइएको छ ।
 
मुम्बई प्रहरीले सहरमा वेवारिशे लाश फाल्ने समस्याको सामना गरिरहेको छ । वेवारिशे लाशलाई व्यबस्थापन गर्न मुम्बईमा अहिले धेरे शवगृह बनाइएका छन् ।