काठमाडौँ । कतारमा आफूलाई अवैध रुपमा राखेको र तीन महिनादेखि तलब नदिएको भन्दै श्रम विभागमा उजुरी दर्ता गरेलगत्तै एउटा कम्पनीले आफ्ना पाँच जना नेपाली महिला कामदारलाई प्रहरी लगाई पक्राउ गराएको छ । 
	कतारस्थित नेपाली दूतावासमा आइपुगेका ती महिलालाई दूतावासले कानुनी बाटो खोज्न श्रम विभागमा पठाएको थियो। विभागमा पुगे लगत्तै अपराध अनुसन्धान विभाग ९सिआइडी० बाट खटिएका प्रहरीले पक्राउ गरेर लगेको जानकारी उनीहरुले नेपाली दूतावासलाई दिएका छन्।
	पक्राउ पर्नेमा दोलखाकी रनकुमारी श्रेष्ठ, स्याङजाकी पिनकुमारी गुरुङ, मोरङकी मुना लिम्बु, सिन्धुलीकी राजकुमार सकर्नी र पर्वतकी उमा आले छन्। उनीहरु कर्निभल क्लिनिङ कम्पनीको स्पोन्सर९कफला० मा कतार आएका थिए। त्यस कम्पनीले अर्को कम्पनी अल एखिटियार कम्पनीमा काम लगाएको थियो।
	‘हामी पहिला कर्निभल कम्पनीमा काम गर्थ्यौं । झन्डै एक वर्षदेखि अल खतियार अल अरबी कम्पनीमा सारेको थियो’, पीडितमध्येबाट दोलखाकी श्रेष्ठले दूतावासमा उजुरी दिएकी छिन,‘भिसा नलगाई एक वर्षदेखि राखिएको छ । तीन महिनादेखि तलब पनि दिएको छैन ।’ तलब नपाएपछि उनीहरु एक महिनादेखि काममा गएका थिएनन् । 
	श्रम विभाग पुगेको थाहा पाएपछि कम्पनी सञ्चालकले आफू जोगिन गैरकानुनी हैसियतमा बसेको भन्दै उल्टै रिपोर्ट दिएपछि सिआइडी महिला प्रहरी आएर पक्राउ गरेर लिएर गएको पीडितले बताए। 
	दूतावासका प्रवक्तासमेत रहेका श्रम मामिला हेर्दै आएका द्वितीय सचिव नितेश सापकोटाले पीडितले पाउनुपर्ने सबै हिसाबकिताब दिलाएरमात्रै स्वदेश पठाइने बताए । 
	‘उनीहरुले पाउनुपर्ने हिसाबकिताब दिलाएरैमात्रै पठाइन्छ, उनले भने, ‘यसका लागि सम्बन्धित निकायमा छलफल भइरहेको छ।’ पीडितले भिसा नलगाइदिने कम्पनीमाथि पनि कारबाही हुनुपर्ने माग गरेको छन् ।
             
 
                                                    


                    
                    
                    
                    
प्रतिक्रिया