मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रिय फुटबल टिमका कप्तानसहित खेलाडी र प्रशिक्षक पक्राउ

राष्ट्रिय फुटबल टिमका कप्तानसहित खेलाडी र प्रशिक्षक पक्राउ


काठमाडौँ । म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडी र एक प्रशिक्षक पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले कप्तान थापासँगै खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई तथा प्रशिक्षक अञ्जान केसीलाई पक्राउ गरेको हो ।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेल मिलेमतोमा लापरबाही गरी राष्ट्रको छविमा आँच पु¥याएकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

“झन्डै एक महिना गहिरो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरिएको हो । देशको छवि धमिल्याउने गरी खेलमा धाँधली गरेको र राष्ट्रिय टीमको मात्र नभई सम्पूर्ण नेपाली जनताको विश्वासमा कुठाराघात गरेकाले पक्राउ गरिएको हो,”– उहाँले भन्नुभयो ।

उहाँका अनुसार कप्तान थापालाई थापाथली, विकाससिंह थापा र अञ्जान केसीलाई जावलाखेल र रितेश र सन्दिप राईलाई बालुवाटारबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका सबै अभियुक्तहरुलाई हिरासतमा लिई अनुसन्धान भइरहेको र उनीहरुलाई सङ्गठीत रुपमा राज्य विरुद्धको अपराध शीर्षकमा मुद्दा दायर गरिने वरिष्ठ प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

अफगानिस्तान, इराकलगायतसँगको प्रतिस्पर्धामा अभियुक्तहरुले आर्थिक प्रलोभनमा खेलको दुरुपयोग गरी राष्ट्रिय टोलीलाई कमजोर बनाई राष्ट्रको छवि धमिल्याउने काम गरेकाले पक्राउ गरिएको प्रहरीको भनाइ छ । रासस