मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अाज एनअारएनमा मतदान : अध्यक्षमा घले र उपाध्यक्षमा क्षेत्रीकाे अग्रता कायम

अाज एनअारएनमा मतदान : अध्यक्षमा घले र उपाध्यक्षमा क्षेत्रीकाे अग्रता कायम


गैरअावासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिकाे निर्वाचन सुरू हुन अब केही घण्टामात्र बाँकी छ । नेपाली समयअनुसार विहान ९ बजे सुरू हुने निर्वाचन अपरान्ह २ बजेसम्म जारी रहनेछ । निर्वाचन सम्पन्न भएकाे एक घण्टापछि नै मतगणना सुरू हुने भएकाले राति अबेरसम्ममा सबै पदकाे परिणाम प्राप्त हुने अनुमान गरिएकाे छ ।निर्वाचन महाधिवेसनस्थल हाेटल साेल्टी क्राउनप्लाजामा हुनेछ ।
 
चुनावी क्याम्पेनमा रातभर व्यस्त उम्मेद्वार तथा स्वयंसेवकहरू चुनावी क्याम्पेनकाे अन्तिम जाेडजघटाउमा लागिपरेका  छन् । केही पदमा केही व्यक्तिकाे जीत सुनिश्चित जस्ताे देखिए पनि अधिकांश पदमा भने अझै पनि यसै भन्न सकिने स्थिति छैन ।
 
पछिल्लाे अांकलन अनुसार अध्यक्षमा शेष घले, उपाध्यमा खगेन्द्र क्षेत्री र कुमार पन्त, महासचिवमा डा. बद्री केसी, सचिवमा अर्जुन श्रेष्ठ र काेषाध्यक्षमा हिक्मत थापाकाे अग्रता महसुस गरिएकाे छ । घलेलाइ रतन झा तथा क्षेत्री र पन्तलाइ भवन भट्ट र नरेन्द्र रानाभाटले टक्कर दिइरहेकाे बुझिएकाे छ । उता, महासचिवमा रञ्जु थापा, काेषाध्यक्षमा राजेन्द्र शिवाकाेटी र सचिवमा गणेश केसीकाे चुनाैति पनि सकिएकाे छैन ।
 
महाधिवेसनमा चर्काे चुनावी माहाैल देखिए पनि मतदाताहरू विवेककाे मत प्रयाेग गर्ने बताइरहेका छन् । पछिल्लाे प्रवृति हेर्दा सबै भूगाेलकाे समावेसिता, याेग्यता र कार्यकुशलता, नयाँ र पुरानाकाे उचित उपस्थिति र ब्यापारी उद्धमी मात्र हैन, मानक बनाएका प्राेपफेसनलहरूलाइ पनि कार्यसमितिमा ल्याउनुपर्छ भन्ने खालकाे जनमत बनिरहेकाे देखिन्छ ।
 
यही अाधारमा अाेसियानालाइ अध्यक्ष, अमेरिका र एसियालाइ उपाध्यक्ष, युराेपलाइ महासचिव, मध्यपूर्वलाइ सचिव र अफ्रिकालाइ काेषाध्यमा जिताएर सन्तुलित  एनअारएन बनाउने मतहरू पनि प्रशस्तै देखिएकाे छ । त्यस्ताे भएमा एनअारएन अाइसीसीमा शेषा घले अध्यक्ष, खगेन्द्र क्षेत्री र भवन भट्ट उपाध्यक्ष, डा. बद्री केसी महासचिव, हिक्मत थापा काेषाध्यक्ष र धरमबहादुर केसी सचिव छानिने छन् ।
 
यसरी जुन काेणबाट हेर्दा  पनि अध्यक्षमा शेष घले र उपाध्यक्षमा खगेन्द्र क्षेत्रीकाे  जित भने लगभग सुनिश्चित जस्तै देखिएकाे छ । याे जाेडीलाइ पुरानाे र नयाँ एनअारएन तथा उद्धमी ब्यापारी र प्राेफेसनल जाेडीका रूपमा हेरिएकाे छ ।
 
महाधिवेशस्थल काठमाडाैबाट धन थापाकाे सहयाेगमा ।
२८ असाेज, २०७२