मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाको टेक्सासमा फुटबल दशैँ कप सम्पन्न (फोटो फिचर )

अमेरिकाको टेक्सासमा फुटबल दशैँ कप सम्पन्न (फोटो फिचर )


हिमालय खबर, टेक्सास । ड्यालस टेक्सासमा चार वर्षदेखि आयोजना गरिँदै आएको दशैं कप यो वर्ष ड्यालस गोर्खाज ग्रीनले हात पारेको छ । ड्यालस गोर्खाज फुटवल क्लवद्वारा आयोजित सो प्रतियोगितामा ग्रेपभाइन पार्कमा  टेक्सासको ड्यालस फोर्टवोर्थ वरिपरिका लगाएत ओक्लोहोमा, आयोवा र एलएमा  गरि १८ टीमले भाग लिएका थिए। 
 
गत अक्टोबर ११ आईतबार  सम्पन्न फाइनल खेलमा एभरेष्ट सकर टीमलाई ड्यालस गोर्खाज ग्रीनले शुन्यका विरुद्ध ५ गोलले पराजित गरेको थियो ।
 
कार्यक्रममा नेपालका पुर्व राष्ट्रिय फुटवल खेलाडी एवं कोच उमेश प्रधानको प्रमुख आतित्थ्यता गरिएको थियो । विजयी टीमलाई प्रमुख अतिथि प्रधानले प्रथम हुने टिमलाई १ हजार ५ सय तथा दोश्रो हुने टिमलाई ८०० डलर नगद पुस्कार सहित ट्रफी प्रदान गर्नुभएको थियो । 
 
कार्यक्रम मा प्रमुख अतिथि प्रधान लाइ फुटबल खेलमा गर्नु भएको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरियो। त्यसै गरि नेपाली समाज टेक्सास ले खेलमा गरेको सहयोगको कदर गर्दै सम्मानका साथ माया को चिनो प्रदान गरियो। नेपाली समाजका तर्फबाट उक्त उपहार महासचिब विजयराज भट्टराई लाइ प्रदान गरियो। त्यसैगरी कार्यक्रम मा सहयोग गरे बापत डीजे मोमोलाई आयोजकहरुले मायाको चिनो प्रदान गरेका थिए ।
 
कार्यक्रम संयोजक विनोद विष्टले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै आगामी बर्षको दशैंकप थप भब्यताका साथ सम्पन्न गरिने हिमालयखवरलाई जानकारी दिए ।

शेयर गर्नुहोस:

27
Shares