मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

उपाध्यक्ष उम्मेद्वार क्षेत्रीका स्टार क्याम्पेनर राजेश हमाल

उपाध्यक्ष उम्मेद्वार क्षेत्रीका स्टार क्याम्पेनर राजेश हमाल


एनअारएनकाे साताैं महाधिवेशनमा उपाध्यक्ष उम्मेद्वार खगेन्द्र क्षेत्रीलाइ जिताउन नेपाली चलिचत्रका महानायक राजेश हमाल खुलेर लागेका छन् । स्टार क्याम्पेनर राजेशकाे उपस्थितिले क्षेत्रीकाे चुनावी क्याम्पेन नै एनअारएन स्टार चुनावी क्याम्पेन हुन पुगेकाे छ ।
 
उनले सबैसँग उपाध्यक्षकाे एक मत चाँहि खगेन्द्र क्षेत्रीलाइ दिन अाग्रह गरेका छन् । उनले क्षेत्रीलाइ हाम्राे मात्र हैन, राम्राे उम्मेद्वार भएकैले अाफू चुनावी क्याम्पेनमा लागेका बताए । उनले पदका लागि पद हैन, काम गर्ने अवसर भनेर जुन चुनावी नारा बनाउनु भएकाे छ, त्याे नै मन छुने छ, नेपाली चलचित्रका महानायक राजेश हमालले भने ।
 
अाफू  खगेन्द्र क्षेत्रीकाे चुनावी क्याम्पेनमा लाग्नुका पाँच कारणा रहेकाे बताउँदै उनले भने, पहिलाे कारण उहाँ सक्षम हुनुहुन्छ । अमेरिकामा एनअारएनलाइ संस्थागत गर्ने , दसाैं हजार सदस्य रहेकाे संसारकै सबैभन्दा ठूलाे एनअारएन एनसीसी बनाउने उहाँ नै हाे । दाेस्राे कारण, सधैं एउटै क्षेत्र, एउटै मान्छे मलाइ याे पनि ठीक लागेन । उहाँहरूले जे जति गर्नुभयाे , गर्नुभयाे । सधैंभरि उहाँहरू मात्र बस्ने, उहाँहरूले मात्र गर्ने भन्ने कुरा पनि त अाउँदैन। अरूले पिन माैका पाउँनु पर्याे । तेस्राे कुरा, अाजकाे युग समावेसिताकाे युग हाे, सबै क्षेत्रकाे क्षेत्रीय समावेसिता पनि हुनुपर्याे । अमेरिकालाइ प्रतिनिधित्व गर्न पनि उहाँ याेग्य उम्मेद्वार हाे ।
 
चाैथाे कुरा, उहाँकाे कानूनी पृषठभूमी । एनअारएनका लागि व्यवस्था गरिएकाे गैरअावासीय नागरितालाइ व्यवहारमा उतार्न कानुन बनाउन उहाँकाे याे पृष्ठभूमी । पाँचाैं कुरा उहाँका एजेण्डा पनि राम्रा छन्, संसदमा एनअारएनलाइ स्थायी पर्यवेक्षक बनाउने, एनअारएन एम्बेसडर एट लार्ज नियुक्त गर्ने, एनअारएन एनसीसी अध्यक्षलाइ अवैतनिक महावाणिज्यदूत बनाउने मलाइ मन परेका एजेण्डा हुन् ।