मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएनएको आगामी कार्यकालका लागी क–कसले गरे उम्मेदवारी दर्ता (विवरण सहित)

एनआरएनएको आगामी कार्यकालका लागी क–कसले गरे उम्मेदवारी दर्ता (विवरण सहित)


काठमाडौ, २७ असोज । गैर आवासीय नेपाली संघको सातौ अधिवेशन काठमाडौको सोल्टी होटलमा जारी छ । आगामी कार्यकाल २०१५–२०१७ का लागी अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।  

 

उम्मेदवारी दर्ता गर्नेहरुमा अध्यक्ष पदका लागी शेष घले (अष्ट्रेलिया) , रतनकुमार झा (अमेरिका) , टेक बहादुर कार्की (कतार) , उपाध्यक्ष पदका लागी भवन भट्ट (जापान) , कुमार प्रसाद पन्त (जर्मनी) , खगेन्द्र क्षेत्री (अमेरिका) , लक्षबहादुर गुरुङ (बेलायत) , नरेन्द्रबहादुर भाट (कतार) र शम्शेर सिंह थापा (अष्ट्रेलिया) रहेका छन ।

 

 त्यस्तै आगामी कार्यकालको महासचिव पदका लागी बद्र केसी (रुस) , पुष्पराज तिमिल्सिना (स्पेन) , पुष्प थापा(जर्मनी) , रन्जु थापा (अष्ट्रेलिया) ले उम्मेदवारी दिएका छन ।सचिवका लागी अर्जुन कुमार श्रेष्ठ (बेल्जियम) , धरमबहादुर केसी (साउदीअबर) , गणेश केसी (अष्ट्रेलिया) ,सुरेन्द्रबहादुर श्रेष्ठ (बेलायत) , कोषाध्यक्षमा भैरवप्रसाद ढकाल (अष्ट्रेलिया) ,चिरञ्जिवी थापा (जापान), हिक्मतबहादुर थापा (नाइजेरिया) , राजेन्द्र सिवाकोटी (अमेरिका) र यम बहादुर गुरुङ (हङकङ) ले उम्मेदवारी दर्ता गरेको छ ।

 

 एसिया संयोजकमा गंगराज राई (दक्षिण कोरिया) , किरण बिक्रम थापा(जापान) , सोमचाई क्षेत्री (थाईलेण्ड) , एसिया उपसंयोजकमा भवानी शंकर तिवारी (मलेसिया) , कृष्णप्रसाद पाण्डे(हङकङ) , रोविन्द्र प्रसाद श्रेष्ठ(जापान) को उम्मेदवारी दर्ता भएको छ । अमेरिका संयोजका आङछिरिङ हेर्पा (क्यानडा) , विनोद केसी(क्यानडा) , शिवकुमार राई (अमेरिका ) ले उम्मेदवारी दर्ता गरेका छन ।

 

त्यस्तै मध्यपुर्व संयोजकमा डवरबहादुर क्षेत्री(ओमान) र झम्कप्रसाद सापकोटा(बहाराईन) , मध्यपुर्व उपसंयोजकमा धर्मराज गिरी(कुवेत) , कल्याणकुमार श्रेष्ठ (कुवेत) र उमेश अधिकारी(कतार) ले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । यूरोप संयोजकमा कुल आचार्य निर्विरोध भएका छन ।

यूरोप उपसंयोजकमा दावा गेल्जे शेर्पा(जर्मनी) , दावा सेढाई (पोर्चुगल) , प्रेमबहादुर गुरुङ(बेल्जियम), शिवकुमार बरुवाल(बेल्जियम), सुवास पोखरेल(स्विजरल्याण्ड)  र थर्कबहादुर सेन(बेलायत) ले उम्मेदवारी दर्ता गराएका छन ।  

 

ओसनिया संयोजकमा भोमादेवी लिम्बु (अष्टेलिया), महेन्द्रकुमार लम्साल(अष्टेलिया), र उपसंयोजकमा होमनाथ पाण्डे (अष्टेलिया),रमेश जोशी (अष्टेलिया),अफ्रिका संयोजकमा सुनिल कार्की (केन्या) ले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।

 

 युवा संयोजकमा विजय पोखरेल (अष्टेलिया), फणिन्द्र पन्त(नेदरल्याण्ड) , कृष्ण गिरी (अष्ट्रेलिया), निर्मल अर्याल (फ्रान्स) , निरञ्जन प्रसाई (अष्ट्रेलिया), उपसंयोजकमा लोकराज शर्मा(डेनमार्क)ले दर्ता गराएका छन ।

 

महिला संयोजकमा सपिला राजभण्डारी रुसबाट र उपसंयोजकमा भगवती बस्नेत(ईजराईल) साथै रजनी प्रधान(बेल्जीयम) ले आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।  विहिवार एनआरएनएको अधिवेशन सकिएपछी शुक्रबारबाट विश्व सम्मेलन चल्नेछ ।