मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री थापालाई

भारतसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री थापालाई


काठमाडौं । सरकारले आपूर्ति व्यवस्था सहज बनाउन भारतसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री कमल थापालाई दिएको छ ।

यसअघि सुशील कोइराला नेतृत्वको सरकारले तात्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

अब सो जिम्मा नवगठित सरकारमा परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी पाउने चर्चामा रहेका थापाले पाएका छन् । उनले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाउने लगभग पक्का भएन सार्बजनिक भने गरिएको छैन ।

सोमबार बसेको पहिलो मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री अग्नि खरेलले भारतसँग वार्ता गरी आपूर्ति व्यवस्था सहज बनाउन परराष्ट्रमन्त्री थापालाई जिम्मा दिइएको जानकारी दिए ।

यसअघिको सरकारले बनाएको वार्ता समिति के हुन्छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा खरेलले भने, ‘त्यो तीन दलले बनाएको समिति हो यसबारे आजको मन्त्रिपरिषदले केही बोलेको छैन ।’