मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कुमरोजमा करेन्ट लागेर गैँडा म¥यो

कुमरोजमा करेन्ट लागेर गैँडा म¥यो


चितवन । पछिल्ला केही वर्षदेखि चोरी सिकारीबाट जोगिदै आएको दुर्लभ एकसिङ्गे गैँडा आज करेन्ट लागेर मरेको छ । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले स्थानीयले बाली जोगाउन खेतको छेउमा लगाएको विद्युतीय तारबाट करेन्ट लागेर गैँडा मरेको जानकारी दिनुभयो । पूर्वी चितवनको कुमरोजमा चितवन निकुञ्जबाट आएको गैँडा करेन्ट लागेर मरेको हो ।
 
वयस्क भाले गैँडा मरेको र अहिले ‘पोष्टमार्टम’को काम भइरहेकाले चितवन निकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो । रासस