मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा ड्यालस एभरेष्ट लायन्स क्लबको कविता गोष्टि सम्पन्न (फोटो फिचर )

टेक्ससमा ड्यालस एभरेष्ट लायन्स क्लबको कविता गोष्टि सम्पन्न (फोटो फिचर )


हिमालय खबर, टेक्सस I ड्यालस एभरेष्ट लायन्स क्लब टेक्ससको आयोजना नेपाली समाज टेक्ससको हलमा कविता गोष्टि  अक्टोबर १० तारिक शनिवार साँझ सम्पन्न भयो |
 
क्लबका अध्यक्ष केशब लामिछाने सभापति रहनु भएको सो कार्यक्रममा  ह्युस्टन निवासी साहित्यकार तथा पत्रकार तारा बराल प्रमुख अतिथि हुनुहुन्थ्यो। प्रमुख अतिथि तथा राधाकृष्ण काफ्ले निर्णायक रहनु भएको सो समारोहमा विभिन्न सङ्घ संस्थाहरूका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो |
कार्यक्रममा झन्डै २० प्रतियोगी कविताहरु बाचन गरिएको थियो जसमा बाल जोशीले प्रथम, सुमन कार्की तथा सुष्मिता पोख्रेल दोश्रो, गोपाल भण्डारी तथा नेत्र आचार्य तेश्रो तथा चम्पा पाण्डे भट्टराईले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको थियो।
 
पुरस्कारको राशी प्रथम हुनेलाई $१५०, दोश्रो हुनेलाई $१०० तथा तेश्रो हुनेलाई $७५ प्रदान गरिएको थियो। क्लबका पूर्ब अध्यक्ष शशी भट्टराईले संचालन गर्नु भएको उक्त कार्यक्रममा क्लबका सचिव यशोधा  अधिकारीले   स्वागत मन्तब्य दिनु भएको थियो |