मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली घरको पाचौं साघारण सभा सम्पन्न

नेपाली घरको पाचौं साघारण सभा सम्पन्न


अक्टोबर १०, २०१५ I कोलोराडो I कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपाली घरको पाचौं साघारण सभा शनिबार एक समारोह बिच सम्पन्न भयो ।
 
संस्थाका सल्लाहकार द्धय डा. बिष्णु श्रेष्ठ र रामप्रसाद श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा यहां स्थित विभिन्न संघ संस्थाका प्रतिनीधी, बुद्धिजिवी, उद्योगी, व्यवसायी, गन्यमान्य, पत्रकार, नेपाली घरका पदाधिकारी तथा सदस्यहरुको बाक्लोे उपस्थिती रहेको थियो ।
 
वेस्ट मिनिष्टर स्थित फ्रन्टरेन्च कलेजमा सम्पन्न कार्यक्रममा शुभकामना मन्तब्य दिदै अधिकांश वक्ताहरुले कोलोराडोमा नेपालीहरुको संख्या बढ्दै गएको हुनाले नेपाली घर अत्यावश्यक रहेको, संस्थाले घर निर्माण गर्दा सामाजिक सद्भाव नखल्बलिने खालको सबै नेपालीहरुको भेषभुषा, संस्कृती, रिती स्थिती, चालचलन झल्कने एक नेपाली घरको निर्माण गर्ने लक्ष्य पुरा गर्न सकोस भन्दै घर निर्माणको लागि आङ्खनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
 
यसरी शुभकामना मन्तब्य दिनेहरुमा संस्थाका सल्लाहकार द्धय डा.बिष्णु श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम बिक, समाजसेवी डा. विजयराज शर्मा, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, जन सम्पर्क समितीका केन्द्रिय सदस्य जगन्नाथ गौतम, ग्वोबल भुटजिन कम्युनिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, जन सम्पर्क समितीका कोलोराडोका अध्यक्ष गणेशराज भण्डारी, एनआरएन कोलोराडोका अध्यक्ष बासुदेव खनाल, संस्थापक सदस्य रमेश गुरुङ, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ लगायत रहेका थिए ।
 
नेपाली घरका अध्यक्ष योगराज गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए भने अध्यक्ष गौतमले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष जगदिश ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव लक्ष्यमण रानाले सञ्चालन गरेका कार्यक्रममा संस्थ्ँँले उपस्थित सबैल्ाँई खानाको व्यबस्था गरेको थियो ।
 
कार्यक्रमको दोश्रो सत्रमा संस्था द्धारा गठित विशेष समितीका संयोजक डा. सुदिप प्याकुरेलले नेपाली घर निर्माणका संभावित छुट्टाछुट्टै तिन खाका प्रस्तुत गरेका थिए । उनले यस महान कार्य सफल पार्न सबैको साथ र सहयोग चाहिने भन्दै, आफु सबैको राय सुझावलाई मनन गर्दै अगाडी बढ्ने बताए ।