मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ओली नेपालको ३८ औँ प्रधानमन्त्री

ओली नेपालको ३८ औँ प्रधानमन्त्री


काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली मुलुकका ३८ औं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका छन् ।
 
आइतबार संसद भवन नयाँ बानेश्वरमा भएको प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा ओलीले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार सुशील कोइरालालाई हराउँदै मुलुकका नयाँ प्रधानमन्त्री भएका हुन् ।
 
संसदमा प्रतिनिधित्व गर्ने ५८७ सभासदमध्ये ३३८ मत पाउदै ओली बहुमतबाट प्रधानमन्त्री चयन भएका हुन् । 
 
कोइरालाको पक्षमा २४९ मत परेको थियो । केपी ओलीलाई एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी, समाजवादी जनता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दललगायतले समर्थन गरेका थिए ।