मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएन विश्व सम्मेलन काम गर्न सक्ने नेतृत्व चाहिन्छ अमेरिकी प्रतिनिधि जीसीको उम्मेदवारीलाई समर्थन

एनआरएन विश्व सम्मेलन काम गर्न सक्ने नेतृत्व चाहिन्छ अमेरिकी प्रतिनिधि जीसीको उम्मेदवारीलाई समर्थन


हिमालय खवरसंवाददाता I टेक्सास 
 
आउने साता काठमाडौमा हुने गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय सम्वन्य परिषद (एनआरएन) को सम्मेलनमा भाग लिन अमेरिकावाट एक सय भन्दा वढी प्रतिनिधिहरु नेपाल प्रस्थान गरेका छन् । नयां संविधानले एनआरएन अभियानले शुरु देखिनै उठाउंदै आएको दोहोरो नागरिकताको मुद्दालाई स्विकारेको अवस्थामा हुन लागेको उक्त सम्मेलनमा विश्व भरवाट झण्डै १ हजार ५ सय एनआरएन सहभागी हुने अनुमान छ । सम्मेलनमा दोहोरो नागरिकता, लगानी, विदेशमा वस्ने नेपालीको भुमिका लगायतका विविध विषयमा छलफल हुने छ । यो सम्मेलनले आउने दुई वर्षका लागि नयां नेतृत्व पनि चयन गर्ने छ ।
 
एनआरएनमा अध्यक्षका लागि हालसम्म ३ जनाले उम्मेदवारी दिने सार्वजनिक गरेका छन् । यसवाहेक उपाध्यक्ष वाहेक अन्य पदमा पनि प्रतिस्पर्धा छ । यस पटक अध्यक्षमा शेष घलेले पुन उठ्ने सर्वाजनिक गरेका छन् । उपाध्यक्षमा एनआरएन अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र क्षेत्री (जीसी), हालका उपाध्यक्ष भुवन भट्ट, महासचिव कुमार पन्तले लगायतले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन अमेरिका सवैभन्दा धेरै सदश्य हुने देश हो। यस पटकको निर्वाचनमा एनआरएन अमेरिकालाई प्रतिनिधित्व गरेर जानेले अध्यक्षमा बिगतको अनुभबका  आधारमा काम गर्नेलाई सघाउने र उपाध्यक्षमा जीसीका लागि मतमाग्ने वताएका छन् । 
 
एनआरएन अमेरिकाले यस पटक महत्वपुर्ण पदमा दावी गर्नु स्वभाविक भएको अध्यक्ष डा केशव पौडेलले वताए । नेपाल जानु अघि पौडेलले हिमालय खवरसंग कुरा गर्दै पौडेलले भने यस पटक एनआरएन अभियानमा अमेरिकालाई महत्व दिनु पर्छ भन्ने दावीमा कसैको पनि दुई मत छैन । अध्यक्षमा भने काम गर्नेलाई नै दिनु पर्ने अमेरिकी प्रतिनिधिहरु वताउंछन् ।
 
टेक्सासमा सफल व्यवसायी पासागं शेर्पाले घलेले आफ्नो पहिलो कार्यकालमा राम्रो शुरुआत गरेकाले अर्को एक कार्यकाल निरन्तरता खोज्नु उपयुक्त भएको वताए । हिमालय खवरसंग कुरा गर्दै नेपाल प्रस्थान गर्नु अघि अर्का व्यवसायी तथा समाज सेवी  कपिल अधिकारीले पनि काम गर्न सक्नेलाई नेतृत्व दिनु पर्नेमा दुई मत नभएको तर एनआरएन भित्र सहकार्य र सहमतीको वातावरण भने वनाउनु पर्ने वताए । 
 
जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदश्य हरिवोल भण्डारीले एनआरएनमा सहमतीको वातावरण वने अझ सशक्त हुने वताए । अहिले देश निमार्णमा स्वदेश र विदेशमा वस्ने नेपालीले हातेमालो गरेर अघि वढ्नु पर्छ उनले भने यसका लागि काम गर्न सक्ने नेतृत्व केन्द्रमा चाहिन्छ । जटिल राजनीतिक अवस्थामा पनि विदेशमा वस्ने नेपालीले खेलेको भुमिका प्रशंसनीय भएको उनले वताए ।
 
एनआरए अमेरिकाका सल्लाहका गौरी जोशीले पनि नयां संविधानले ल्याएको अवसर र चुनौतीका वारे छलफल गर्न सम्मेलन महत्वपुर्ण थलो हुने वताए । राजनीतिक अवस्था जे जस्तो भएपनि हामी उत्साहित छौं देशको भविष्य राम्रो देखेका छौं नेपाल प्रस्थान गर्नु अघि जोशीले भने यो सम्मेलन हामीलाई नेपालमा असर र चुनौती हेर्ने वुझ्ने यो मौका पनि हो । 
 
 टेक्सासका चारै जना व्यवसायीले अमेरिकाले विश्व तहमा वढी भुमिका पाउनु पर्नेमा एकमत छन् । काम गर्न सक्ने नेतृत्व चाहिन्छ तर, यस पटक एनआरएन अमेरिकाको आशालाई पनि निराश वनाउनु हुदैंन उनीहरुले भने । एनआरएन उपाध्यक्ष राम सि पोखरेल लगायत कयौंले अमेरिकावाट उम्मेदवारी दिनेको पक्षमा सहमती जुटाउने पहल गरिरहेका छन् ।