मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेशीको स्वार्थबाट देश बचाउन राष्ट्रिय एकता आवश्यक – मन्त्री बस्नेत

विदेशीको स्वार्थबाट देश बचाउन राष्ट्रिय एकता आवश्यक – मन्त्री बस्नेत


भक्तपुर । उद्योग मन्त्री महेश बस्नेतले नयाँ सरकारको नेतृत्व जसले गरे पनि देशलाई विदेशीको स्वार्थबाट बचाउन दलहरुबीच राष्ट्रिय एकता आवश्यक भएको बताउनुभएको छ । 
 
आज सूर्यविनायक नगरपालिका, सिपाडोलमा सिपाडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण गरेको खानेपानी ट्याङ्कीको उद्घाटन गर्दै उहाँले देशलाई समृद्ध बनाउन पनि दलहरु बीचको एकता मजबुत हुनुपर्ने बताउनुभयो ।
 
भारतले पौने तीन करोड नेपालीलाई दुःख दिएर नाकाबन्दी गर्नु पनि अपराध नै भएको पनि उहाँले बताउनुभयो ।
 
अहिलेको नाकाबन्दीले नेपालका नयाँ पुस्ता माझ राष्ट्रियताको जागरण गराएको बताउनुभयो । संविधानलाई कार्यान्वयनसँगै अब नेपाली जनताले आत्मनिर्भर बन्दै जानुपर्ने र नेपालमा भेटिएको ग्यास र तेल खानीको उत्खनन गर्न सरकारले पहलकदमी गर्नुपर्ने उहाँको भनाइ थियो ।
 
उहाँले भन्नुभयो –“सातबुँदे सहमतिका बेलामा संविधान निर्माण, कार्यान्वयन, सामाजिक सद्भावका लागि काँग्रेस, एमाले र एमाओवादीको कार्यगत एकता कहिल्यै टुट्नुहुँदैन, अर्कोपटक केपी ओली प्रधानमन्त्री हुने भनिए पनि अहिले राष्ट्रिय एकता सङ्कटमा परेको छ ।”
 
कार्यक्रममा सिपाडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रत्नप्रसाद छुँकाले खानेपानी डिभिजन कार्यालयको रु आठ लाख र उपभोक्ताहरुबाट सङ्कलित रु १२ लाख ५० हजारको लागतमा एक लाख २० हजार लिटर पानी अट्ने ट्याङ्की निर्माण सम्पन्न भएको बताउनुभयो ।
 
कार्यक्रममा समितिका सल्लाहकार एवम् स्थानीय समाजसेवी किरण थापाले उपभोक्ताको अथक प्रयासमा निर्माण भएको खानेपानी ट्याङ्कीबाट यहाँका ४०० घरधुरी लाभान्वित हुने बताउनुभयो । रासस