मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमाले-एमाओवादीबीच १४ बुँदे सहमति

एमाले-एमाओवादीबीच १४ बुँदे सहमति


काठमाडौं । सरकार गठनका क्रममा नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच १४ बुँदे सहमति भएको छ ।
 
सहमति पत्रमा एमाले अध्यक्ष एवं प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् । सरकार गठनका लागि एमाओवादीले अघि सारेको ८ बुँदे आधार पत्रलाई टेकेर १४ बुँदे सहमति भएको हो । 
 
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने(‘यो राजनीतिक सहमति हो । यसमा शक्ति बाँडफाँडको विषय छैन ।’
 
१४ बुँदेको पहिलोबुँदामा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, हित र स्वाधिमानको पक्षमा दृढ रहने भनिएको छ भने दोस्रो बुँदामा बाहृय दबाव र हस्तक्षेप अस्वीकार गर्ने उल्लेख छ ।
 
एमाले र एमाओवादीबीच संविधानले संस्थागत गरेको उपलब्धिहरुको रक्षा गर्दै प्रभावकारी कार्यान्वयन गर्ने र मधेसी, थारु र जनजातिसँग वार्ता गरी राजनीतिक सम्बोधन गर्ने सहमति पनि भनिएको छ । सहमतिको चौथो बुँदामा भनिएको छ(असन्तुष्ट आन्दोलनरत तराई मधेस केन्द्रीत दलहरु, थारु समुदाय र विभिन्न रुवमा आफ्ना मुद्धा र आवाज उठाइरहेका आदिवासी जनवजाथि लगायतका उत्पीडत समुदायसँग वार्तामार्फत समस्याको राजनीतिक सम्बोधन गर्ने गरी समाधान गर्ने ।’
 
साथै वार्ता र सहमतिको माध्यमबाट संविधानमा आवश्यकता अनुसार संशोधन गर्ने सहमति पनि दुई दलबीच भएको छ ।
 
दुई दलको सहमतिमा नेपालले अघोषित नाकाबन्दीको सामनाम गर्नु परेको भन्दै तत्कालीन र दीर्घकालीन रुपमा अत्यावश्यक वस्तुहरुको आपूर्ति गर्न र देशलाई आत्मनिर्भर बनाउन योजनाबद्ध नीति र कार्यक्रम बनाउने उल्लेख छ । साथै नाकाबन्दी अन्त्य गर्न आग्रहसमेत गरिएको छ ।