मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अक्टाेबर १५ मा एनअारएन चुनाव, निर्वाचन कार्यतालिका सार्बजनिक

अक्टाेबर १५ मा एनअारएन चुनाव, निर्वाचन कार्यतालिका सार्बजनिक


काठमाडाैं२३ असाेज । गैरअावासीय नेपाली संघकाे निर्वाचन कार्यतालिका सार्बजनिक भएकाे छ । निर्वाचन प्रयाेजनका लागि गठित निर्बाचन समितिले जारी गरेकाे कार्यतालिका अनुुसार निर्वाचनकाे प्रारम्भिक कार्य अक्टाेबर १० मा सुरू हुनेछ ।
 
पहिलाे चरणमा  गैरअावासीय नेपाली संघकाे सचिवालयले अक्टाेबर १० काे अपरान्ह मतदाताकाे नाम निर्वाचन समितिलाइ हस्तान्तरण गर्नेछ । अक्टाेबर ११ मा मतदाताकाे पहिलाे सूची सार्बजिनक हुनेछ भने १२ मा दाबी विराेध र दस्तुर बुझाउने काम हुने छ । १३ मा बैकल्पिक प्रतिनिधि व्यवस्थापन कार्य र मतदाताकाे अन्तिम नामावली प्रकाशित हुने छ । १३ तारिख अपरान्हदेखि १४ तारिख विहानसम्म उम्मेद्रवारी दर्ता गरिनेछ ।
 
१४ तारिखमा उम्मेद्वारकाे नामावली प्रकाशन, दाबी विराेध, अन्तिम नामावली प्रकाशनलगायतका काम हुनेछन् भने एनअारएन चुनाव तालिका१५ तारिख विहान ९ बजेदेखि २ बजेसम्म मतदान हुने छ । मतदान सम्पन्न भएकाे अाधा घण्टापछि मतगणना सुरू हुने छ । सम्भवत त्यही राती परिणाम अाउने छ । पदभार हस्तान्तरण  र सपथग्रहण भने अक्टाेबर १७ अपरान्ह हुने छ ।
 
समितिले १३ तारिखसम्मकाे कार्यतालिका संङकाे सचिवालयबाट र १४ तथा १५ तारिखकाे कार्यतालिका महाधिवेसनस्थल हाेटल साेल्टीमा सञ्चालन हुने जनाएकाे छ ।