बिश्व घटना

अक्टाेबर १५ मा एनअारएन चुनाव, निर्वाचन कार्यतालिका सार्बजनिक

अक्टाेबर १५ मा एनअारएन चुनाव, निर्वाचन कार्यतालिका सार्बजनिक


काठमाडाैं२३ असाेज । गैरअावासीय नेपाली संघकाे निर्वाचन कार्यतालिका सार्बजनिक भएकाे छ । निर्वाचन प्रयाेजनका लागि गठित निर्बाचन समितिले जारी गरेकाे कार्यतालिका अनुुसार निर्वाचनकाे प्रारम्भिक कार्य अक्टाेबर १० मा सुरू हुनेछ ।
 
पहिलाे चरणमा  गैरअावासीय नेपाली संघकाे सचिवालयले अक्टाेबर १० काे अपरान्ह मतदाताकाे नाम निर्वाचन समितिलाइ हस्तान्तरण गर्नेछ । अक्टाेबर ११ मा मतदाताकाे पहिलाे सूची सार्बजिनक हुनेछ भने १२ मा दाबी विराेध र दस्तुर बुझाउने काम हुने छ । १३ मा बैकल्पिक प्रतिनिधि व्यवस्थापन कार्य र मतदाताकाे अन्तिम नामावली प्रकाशित हुने छ । १३ तारिख अपरान्हदेखि १४ तारिख विहानसम्म उम्मेद्रवारी दर्ता गरिनेछ ।
 
१४ तारिखमा उम्मेद्वारकाे नामावली प्रकाशन, दाबी विराेध, अन्तिम नामावली प्रकाशनलगायतका काम हुनेछन् भने एनअारएन चुनाव तालिका१५ तारिख विहान ९ बजेदेखि २ बजेसम्म मतदान हुने छ । मतदान सम्पन्न भएकाे अाधा घण्टापछि मतगणना सुरू हुने छ । सम्भवत त्यही राती परिणाम अाउने छ । पदभार हस्तान्तरण  र सपथग्रहण भने अक्टाेबर १७ अपरान्ह हुने छ ।
 
समितिले १३ तारिखसम्मकाे कार्यतालिका संङकाे सचिवालयबाट र १४ तथा १५ तारिखकाे कार्यतालिका महाधिवेसनस्थल हाेटल साेल्टीमा सञ्चालन हुने जनाएकाे छ ।
 

शेयर गर्नुहोस:

0
Shares