मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आगलागीमा एकै परिवारका तीन जनाको मृत्यु

आगलागीमा एकै परिवारका तीन जनाको मृत्यु


काठमाडौँ । काठमाडौँ महानगरपालिका–३५ कोटेश्वरचोक नजिक शुक्रबारराति भएको आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
 
आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
 
कोटेश्वरको ट्राफिक प्रहरी बिट पछाडि भएको आगलागीमा परेर रामेछाप लखनपुर–८ का ३२ वर्षीय लेखराज श्रेष्ठ, उनकी २८ वर्षीया श्रीमती देउकी र आठ वर्षीया छोरी जेनिशाको निधन भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
 
मृतकमध्ये लेखराजको घटनास्थलमै र उनकी श्रीमती र छोरीको उपचारका क्रममा कीर्तिपुरस्थित मोडल अस्पतालमा निधन भएको हो । मृतक लेखराज ट्याक्सी चालक रहेको र कोठामा सञ्चित गरेर राखेको पेट्रोल एउटा भाँडोबाट अर्को भाँडोमा सार्ने क्रममा नजिकै रहेको बलिरहेको मैनबत्ती सल्केर अचानक आगो फैलँदा उनीहरु जल्न पुगेका थिए । 
 
सो आगलागीबाट कोठामा रहेका सरसामानसमेत जल्नुका साथै घरमासमेत क्षति भएको छ । रासस