मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अन्ततः कांग्रेसबाट कोइराला नै प्रधानमन्त्रीको उम्मेद्वार

अन्ततः कांग्रेसबाट कोइराला नै प्रधानमन्त्रीको उम्मेद्वार


काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालालाई कांग्रेसले प्रधानमन्त्रीको लागि उम्मेद्वार बनाउने भएको छ । अहिले केहीबेर अघि तीन शीर्ष नेताबीच भएको छलफलमा कोइरालालाई उम्मेद्वार बनाउने सहमति भएको नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले बताए ।
 
प्रधानमन्त्रीको उम्मेद्वारी चयनका लागि सहमति जुटाउन नेपाली कांग्रेसका तीन शीर्ष नेताहरूको बैठक बसेको थियो । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच प्रधानमन्त्रीमा सुशील कोइरालालाई नै उम्मेद्वार बनाउने निर्णय भएको हो । जसका लागि शेरबहादुर देउवाले समर्थन गरेका थिए।
 
नयाँ प्रधानमन्त्रीका लागि संसदमा शनिबार बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यम्रम छ । तीनै नेता प्रधानमन्त्री उम्मेदवारका प्रत्याशी भए पनि पछिल्लो समयमा आएर कोइरालालई देउवाले समर्थन गरेका हुन् । 
 
अब केहीबेरमा बस्ने केन्द्रीय कार्यसमितिले उम्मेद्‌वारको औपचारिक निर्णय गर्ने भएको छ । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका निम्ति संसद्‌मा आइतबार ११ बजे निर्वाचन हुँदैछ ।