नेपाल

हतियार देखाएर रात्रिबस लुटपाट गर्ने गिरोह पक्राउ

हतियार देखाएर रात्रिबस लुटपाट गर्ने गिरोह पक्राउ


तुलसीपुर । नेपालगन्जबाट रुकुम जाँदै गरेका तीन वटा रात्रिबसलाई सल्यान जिल्लाको स्विकोट गाविसको बारुले भन्ने स्थानमा हतियार देखाएर लुटपाट गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । 
 
राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार राप्ती अञ्चल प्रहरी प्रमुख प्रेम चन्दको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट गएको टोलीले सल्यानको स्विकोट गाविसको खालखोला जङ्गलमा खोजी गर्दा लुटेराले गोली चलाएका थिए ।
 
सो क्रममा प्रहरीले पाँच राउण्ड गोली फायर गरेको प्रमुख प्रेम चन्दले जानकारी दिनुभयो । 
 
लुटेरालाई खोजी गर्दै जाँदा प्रहरीले सोही क्रममा जाजरकोट–८ खलङ्गाका सविन रानालाई वामे गाविस–१ राइनाबाट पक्राउ गरेको हो । पक्राउ परेका रानाबाट रु एक लाख नगद, छ थान मोबाइल सेट, दुई थान हतियार र ६ थान राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
 
प्रहरीले उक्त जङ्गल र नजिकैका गाउँमा व्यापकरुपमा खोजी अभियान जारी राखेको र सो घटनामा संलग्न अन्य लुटेरा छिट्टै नै पक्राउ पर्नेसमेत बताएको छ । 
 
सल्यानको स्विकोट गाविस–२ बारुले भन्ने स्थानमा कमब्याक डे«स लगाएर आएका लुटेराले नेपालगन्जबाट रुकुमतर्फ जाँदै गरेका ना४ख ५९७, ना४ख ६३८३ र ना४ख १३१७ नम्बरका रात्रिबसमा पेस्तोल र खुकुरी देखाएर नगद रु १० लाख नगद, ५२ थान मोबाइल सेट लुटेर लगेकोे सल्यान प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस:

0
Shares