मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको टेक्ससमा दशैँ कप यहि अक्टोबर ११ मा हुने

अमेरिकाको टेक्ससमा दशैँ कप यहि अक्टोबर ११ मा हुने


 हिमालय खबर,टेक्सास 'ड्यालस गुर्खाज फूटबल क्लब' को आयोजनामा यहि आउदो २०१५ अक्टोबर ११ आइतबार टेक्सास को ड्यालस शहर मा "Fourth Annual Dashain Cup 2015" हुन लागेको छ। खेल मा नेपाली समाज टेक्सास को सकृय संलग्नता रहेको जानकारी आयोजकले गराएको छ। 
 
अमेरिकामा रहेका सबै राज्यका टिमहरु यस खेलमा सहभागी हुन पाउने नियम अनुसार १८ वटा टीमहरु दर्ता भएको जानकारी क्लबका संयोजक बिनोद बिष्टले हिमालय खबर  बताउनु  भयो।  
 
नेपाली समाज टेक्सास (NST) का महासचिब तथा 'ड्यालस गुर्खाज फूटबल क्लब' का सल्लाहकार विजयराज भट्टराई ले 'ड्यालस गुर्खाज फूटबल क्लब' नेपाली युवाहरु बीच भातृत्व बढाउदै अनुशाशित बनाउन निकै महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। सहभागी १८ टिममा झन्डै २०० खेलाडीहरु अनि १ दिन मै १८ टीम बीच खेल ब्यबस्थापन को जिम्मेवारी लिएर यस क्लब ले खेल क्षेत्रमा अनुकरणीय काम गरेको उहाको भनाइ थियो। 
 
यस दशैँ कप खेलमा बिजयी हुने टिमलाई १५०० डलर, ट्रफी तथा सर्टिफिकेट तथा दोश्रो हुने टिमलाई ८०० डलर, ट्रफी तथा सर्टिफिकेट प्रदान गरिने छ। सम्पूर्ण खेलहरु आगामी आइतबार अगस्ट ११ बिहान ८ बजे देखि ५ बजे सम्म हुनेछन। खेल मैदान 3000 Meadow Ln, Grapevine, TX – 76051 मा रहेको छ। 
 
यसै क्लबको आयोजनामा गत २०१४ जुन ६ , ७ र ८ मा टेक्सासको ड्यालस शहरमा "पहिलो दक्षिण एशियाली फूटबल टुर्नामेन्ट" को आयोजना गरिएको थियो जसमा अमेरिकामा रहेका दक्षिण एशियाका ८ मुलुकहरु नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स, श्रीलंका तथा अफगानिस्तान यस खेलमा सहभागी भएका थिए।
 
खेलको सम्बन्धमा थप जानकारीका तथा टाई शीटका लागि लिंक: http://www.dallasgurkhas.com/news/final-tie-sheet-for-dashain-cup-2015/