मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दशैंको टिकाको साइत: कुन देशमा कुन समय उत्तम ?(भिडियो सहित )

दशैंको टिकाको साइत: कुन देशमा कुन समय उत्तम ?(भिडियो सहित )


काठमाडौं, असोज २० । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको टिका ग्रहण गर्ने साइत कार्तिक ५ गते विहान १०ः ५५ लाई उत्तम मानेको छ । तर यो सयम नेपालभरका लागि मात्र हो ।
 
यद्यपी, विश्वका अन्य देशमा रहेका हिन्दुहरुले भने स्थानीय समयको उत्तम साइतमा टिका ग्रहण गर्नुपर्ने ज्योतिषहरुको भनाइ छ । ज्योतिषी डा. सुनिल सिटौंलाले ज्योतिष शास्त्र विधी अनुसार निकालेको समय अनुसार अमेरिकाको विभिन्न शहरहरुमा फरक–फरक साइत पर्न गएको छ ।
 
अमेरिकाको क्यालिफोर्नियाको लागि कार्तिक ५ गते अर्थात अक्टोबर २२ तारिखका दिन मध्यान्न ११ः५१, क्लोराडोमा १२ः५, फ्लोरिडाको लागि १२ः३५, न्योर्कमा १२ः१६, वासिङटन डिसीमा १२ः१८, मेरिल्याण्डमा १२ः२५ र टेक्सासमा विहानको ११ः५ लाई उत्तम साइत मानिएको छ ।
 
त्यस्तै गरी क्यानाडाको टोरन्टोका लागि मध्यान्न १२ः४५ र मोन्र्टेलमा १२ः४० लाई उत्तम साइत भनी निर्धारण गरिएको छ । त्यस्तै बेलायतको लन्डनको लागि भने १ः१० लाई उत्तम साइत मानिएको छ ।
 
उता जापानको टोकियोमा विहानको १०ः४५ लाई उत्तम साइत मानिएको छ । इजरायलको टेल अविभमा भने विहानको १०ः३५ लाई उत्तम साइत मानिएको छ । अष्ट्रेलियाको मेलर्वन र सिडनीमा भने ११ः४५ उत्तम साइत परेको छ । मलेसियाको क्वालालाम्पुरमा ११ः२५ को साइत छ भने कोरियाको सोलमा भने विहानकै ११ः५५ उत्तम साइत परेको डा.सिटौलाले बताए ।
 
यता घटस्थापनाको साइत चाहीं असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । यस वर्ष नेपाली पात्रो अनुसार आठ रात नौ दिनको नवरात्र परेको छ ।
नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तोे योग परेको हो ।
 
नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो । नेपाली पात्रो सूर्य सिद्धान्तका आधारमा गणना गर्ने गरिन्छ तर प्रायः आधुनिक ज्योतिषीहरुले ग्रह गणना गर्दा द्रिक सिद्धान्तका आधारमा गर्ने गर्दछन ।ईमेज खबर बाट