मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मध्यआकाशमै पाइलटको मृत्यु

मध्यआकाशमै पाइलटको मृत्यु


न्युयोर्क, अक्टुबर ६ I अमेरिकन एयरलाइन्सको विमान उडाइरहेका एक पाइलटको मध्यआकाशमै मृत्यु भएको छ। मृत्यु हुने पाइलटकाे नाम मायकल जाेन्सटन बताइएकाे छ । एरिजोनाको फिनिक्सबाट बोस्टनतर्फ आउदै गरेको अमेरिकी एयरलाइन्स एयरबस ए ३२०का पाइलटको मृत्यु भएको  हाे ।
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार उडिरहेको जहाजमा अचानक पाइलटको मृत्यु भएपछि सहायक पाइलटले विमानलाई नियन्त्रणमा लिएर सुरक्षित अवतरण गराएका थिए। एकसय ४७ जना यात्रु र पाँचजना चालक दलका सदस्य रहेको उक्त एयरबसलाई को पाइलटले आकस्मिक रूपमा न्युयोर्कमा अवतरण गराएका थिए।
 
पाइलटको मृत्यु हुनकाे कारणबारे विस्तृतमा खुलाइएको छैन। ‘दुर्भाग्यवस् हाम्रो पाइलटको मृत्यु भएको छ। हामी यो घटनाबाट धेरै दुःखी छौं,’ घटनापछि अमेरिकन एयरलाइन्सले जारी विज्ञप्ति भनिएकाे छ ।