मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

स्वीकृत भयाे, एनअारएनकाे हजार घर

स्वीकृत भयाे, एनअारएनकाे हजार घर


१९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघले भूकम्पबाट क्षतिग्रस्त पाँच जिल्लामा एक हजार नमूना घर बनाउने अनुमति पाएकाे छ ।  शहरी विकास मन्त्रालयको सचिवस्तरीय निर्णयबाट संघलाई स्थायी आवास निर्माणका लागि अनुमति प्राप्त भएको हो । यही अक्टुवर ११ तारिखमा बिभाग र संघवीच घर निर्माणसम्बन्धी औपचारिक सम्झौतामा हस्ताक्षर हुने छ । स्मरणाीय रहाेस्, अक्टाेबर ११ तािरख गैरआवासीय नेपाली दिवस हाे । सन् २००३ काे यही दिन लण्डनबाट गैरआवासीय नेपाली संघले अाफ्नाे अाैपचारिक यात्रा सुरू गरेकाे थियाे ।
 
निर्माण गर्न लागिएका नमूना घर मन्त्रालयले ताेकेकाे डिजाइनअनुसार हुनेछन् ।  घर भूकम्प प्रतिरोधक, वातावरण तथा स्थानीय संस्कृतिमैत्री घर हुनेछन् ।
घरकाे निर्माण लागत ३५ कराेड एनअारएनले जुटाइसकेकाे छ ।