मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘ओली प्रधानमन्त्री, कोइराला राष्ट्रपति, एमाओवादीलाई सभामुख’

‘ओली प्रधानमन्त्री, कोइराला राष्ट्रपति, एमाओवादीलाई सभामुख’


काठमाडौँ । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले संविधान निर्माणको लागि भएको १६ बुँदे सहमति हुँदा नै एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने सहमति भइसकेकोले त्यसमा कसैले शंका नगर्न आग्रह गर्नुभएको छ । 
 
रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘१६ बुँदे सहमति गर्दा नै संविधान जारी भईसकेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने, काग्रेसका सभापति एवम बर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रपति र एमाओवादीलाई सभामुख दिने गरी शक्ति बाँडफाँडमा सहमति भैसकेकोले त्यसमा तलमाथि हुँदैन ।’
 
उहाँले सबै मुख्य पदमा फोरम लोकतान्त्रिकसहित चार राजनीतिक पार्टीहरुबीच सहमति भैसकेकोले ओलीको नेतृत्वमा काँग्रेस सहितको सहमतिको सरकार असोज २४ गते बन्ने दाबी गर्दै संविधान कार्यान्वयन गर्न र भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको लागि सहमतिको सरकारको विकल्प नभएको बताउनुभयो ।
 
उहाँले भन्नुभयो, ‘सुशील कोइरालाको प्रस्ताव केपी ओली हुनु हुन्थ्यो अब उहाँ प्रधानमन्त्री बन्दा सुशील कोइराला प्रस्तावक बन्नुपर्छ । संविधानको सफल कार्यान्वयनको चुनौति सामना गर्न पनि जीवन्त दलीय एकता र सहकार्य आवश्यक छ । यसबाट कोही पनि पछि हट्न मिल्दैन ।’
 
एमाले उप–महासचिव पौडेलले तीन दलसहित फोरम लोकतान्त्रिक र राप्रपा नेपालसहितका दलहरुको सहमतिमा ओली प्रधानमन्त्री बन्ने दाबीसमेत गर्नुभयो ।