मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मधेसी मोर्चाका कार्यकर्ताले गरे ट्रकमा आगजनी

मधेसी मोर्चाका कार्यकर्ताले गरे ट्रकमा आगजनी


पर्सा । मधेसी मोर्चाका कार्यकर्ताहरुले पर्साको जगरनाथपुरमा दुईवटा मालबाहक ट्रकमा आगजनी गरेका छन् ।

परवानीपुर ड्राईपोर्ट सडक हुँदै जगरनाथपुरस्थित ओम सिमेन्ट फ्याक्ट्रीमा सिमेन्ट लोड गर्न जाँदै गरेका ना २ ख ५९७५ र ना २ ख ४५५२ नम्बरको ट्रकलाई जगरनाथपुर चोकमै नियन्त्रणमा लिई आगजनी गरेका हुन् ।

आगलागीका कारण ट्रकको अगाडिको भाग र सम्पूर्ण चक्का पूर्ण रुपले जलेर नष्ट भएका छन् । ट्रकमा भएको आगजनीबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । मगंलबार बिहानसम्म ट्रकमा आगो सल्किरहेकोमा सशस्त्र प्रहरी बेश परवानीपुर र वीरगन्ज उपमहानगरपालिकाबाट गएको बारुण यन्त्रले आगो निभाएको थियो ।

यसैगरी आन्दोलनकारीहरुले वीरगन्ज परवानीपुर सडक खण्डमा दुई दर्जनभन्दा बढी सवारी साधनमाथि तोडफोड गरेका छन् ।