मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेस महाधिवेशन फागुनमा गर्ने प्रस्ताव

काँग्रेस महाधिवेशन फागुनमा गर्ने प्रस्ताव


काठमाडौँ । नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले पार्टीको १३औं महाधिवेशन आगामी फागुनको पहिलो सातामा गर्ने प्रस्ताव तयार गरी सो प्रस्ताव बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले आगामी माघ महिनाभित्र पार्टीको क्षेत्र, जिल्ला र गाउँ अधिवेशन सम्पन्न गर्ने र फागुनमा महाधिवेशन गर्न प्रस्ताव गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । 
 
काँग्रेसको विधानअनुसार महाधिवेशन गर्ने मिति यही असोज ५ गतेसम्म थप भएकामा नयाँ संविधानले गरेको व्यवस्था अनुसार थप छ महिनाका लागि वर्तमान नेतृत्वको कार्यकाल लम्बिएको हो ।
 
नयाँ संविधान निर्माणको काममा सबै राजनीतिक दल व्यस्त हुनुपरेकाले पूर्व निर्धारित समयमा महाधिवेशन हुन नसकेको हो । 
 
आजको पदाधिकरी बैठकमा नयाँ सरकार गठन लगायत विषयमा अनौपचारिक विषयमा छलफल भए पनि केन्द्रीय कार्यसमिति बैठकमा यसबारे निर्णय हुनेछ । रासस