मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तेल भर्न बोलाएर भारतले झुक्यायो

तेल भर्न बोलाएर भारतले झुक्यायो


वीरगञ्ज । अघोषित रुपमा लगाइएको नाकाबन्दी खोलेको दाबी गरेको भारतले न्यूनमात्रामा तेल दिने बताएपछि नेपाल आयल निगमले बहिस्कार गर्ने निर्णय गरेको छ ।
 
द्यसदिनअघिदेखि नाकाबन्दीले देशभरको जनजीवन कष्टकर बनेका बेला नाकाबन्दी खुलेको खबर आएपछि आइतबारै आयल निगमका ११० ट्यांकर इण्डियन आयल कर्पोरेसन आईओसीको डिपोहरुमा पुगेका थिए । तर, भारतले १२ घण्टा नबित्दै कुरा फेर्‍यो र नेपालको मागको १० प्रतिशतमात्र तेल दिने बताएको हो । 
 
नाकाबन्दी खोलेको प्रचार गरेर भारतले झुक्याएपछि निगमले तेल बहिस्कारको निर्णय लिएको छ । ‘१ सय १० ट्याकंर पठाउँदा १० वटा पनि नभर्ने भनेपछि किन तेल भरेर लाचार बन्ने रु’ आयल निगमका एक अधिकारीले आक्रोश पोख्दै भने, ‘तेल अत्तरजसरी जिउमा लगाउनका लागि ल्याउने होइन, त्यति तेल भरेर ‘तेल दिएका छौं’ भन्न खोजिएको हो भने हामीलाई तेल चाहिएन ।’
 
शनिबार साँझ भारतको विदेश मन्त्रालयले निर्देशन दिएको भन्दै आईओसीले नेपाललाई मागबमोजिम तेल दिने भन्दै आयल निगमलाई जानकारी गराएको थियो ।
 
दिल्लीमा रहेका नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि आघोषित नाकाबन्दी खोलेको खबर गरेका थिए भने भारतीय राजदूत रणजीत रेले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेरै आपूर्ति सहज हुने ब्रिफिङ गरेका थिए ।
 
तर, त्यसको केही घण्टापछि आईओसीले तेल लिन रक्सौल, सिलगुढी र इलाहवादको डीपोमा बोलाएको थियो । आइतबार बिहानै नेपाली ट्यांकरहरु डिपोमा पुग्दा त्यहाँ पुगेका ट्यांकरहरुमध्ये १० प्रतिशतलाई मात्र तेल भर्न दिने बताएपछि भारतले झुक्याएको रहस्य खुलेको हो ।
 
आयल निगमले वीरगञ्जको सीमावर्ती रक्सौल डिपोमा ६३, काँकडभिट्टा पारिको सिलगुढी डिपोमा ४० र कैलालीपारीको इलाहवादमा ६ वटा ट्यांकरलाई तेल भर्न पठाएको थियो । तर, बिहान आइओसीका अधिकारीले १० प्रतिशत ट्यांकरमा मात्र लोड दिने बताएको आयल निगमले जनाएको छ । एजेन्सी