मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नयाँ संविधानको स्वागतमा सांस्कृतिक कार्यक्रम

नयाँ संविधानको स्वागतमा सांस्कृतिक कार्यक्रम


चितवन । नयाँ संविधानको स्वागतमा नेपाल विद्यार्थी संघ मैयादेवी कन्या कलेज चितवनले स्वागत गरेको छ । संविधान जारी भएकोमा खुसियाली मनाउदै कलेजमा स्वागत तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।

नेपालमा संविधान जारी हुँदा अन्र्तराष्ट्रिय जगतले स्वागत गर्दा छिमेकी राष्ट्र भारतले त्यसमा असहमति जनाउनु ठाडो हस्तक्षेपको नमूना भएको क्रार्यक्रका सहभागीले बताएका थिए ।

अघोषित नाकाबन्दीको कारण नेपालमा परेको असरले केही नहुने भन्दै काँग्रेसका नेताहरुले नेपाली जनता नझुक्ने बताएका छन । कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले भारतको हस्तक्षेप नसहने बताउनुभएको छ ।IMG_4808नेपाली जनताको हितमा जारी संविधान प्रति भारतले चासो दिएपनि स्वाभिमानको लागी नेताहरु झुक्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले छिमेकी देश भारतले नेपालीले बनाएको संविद्यानमा गिद्धे नजर लगाएको आरोप लगाउनुभयो । अघोषित नाकाबन्दीको कारण नेपालमा परेको असरले केही नहुने भन्दै सचिव जितनारायण श्रेष्ठले बताउनु भएको छ ।

व्यापार व्यवसाय ठप्प भए पनि भारतकै सामान नेपालमा कटाउन नपाएकोले उल्टै भारतलाई समस्या परेको सचिव श्रेष्ठकोे भनाई छ । नेविसंघ मैयादेवी कन्या कलेजकी सभापति कल्पना पौडेलको अध्यक्षतामा भएका कार्यक्रममा काग्रेस नेताहरु जगन्नाथ पौडेल, प्रकाश अधिकारी, महासमिति सदस्य सुशीला उप्रेती, नेविसंघ केन्द्रिय सदस्य उत्तम जोशी, नेपाल तरुण दल चितवनका सचिव रविन्द्र गौतम, नेविसंघ जिल्ला सभापति सूर्य ढकाल, नेविसंघको ईकाई उपसभापति विनिता चाँपागाई, सहसचिव प्रनिशा गुरुङलगायतले बोलेका थिए ।

कार्यक्रममा कलेजका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिसहित गीत, कविताहरु प्रस्तुत गरेका थिए ।