मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतको नाकाबन्दी शत्रुतापूर्ण व्यवहार : अध्यक्ष बिजुक्छे

भारतको नाकाबन्दी शत्रुतापूर्ण व्यवहार : अध्यक्ष बिजुक्छे


पोखरा । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दी शत्रुतापूर्ण व्यवहार भएको टिप्पणी गर्नुभएको छ ।
 
नेवाः पत्रकार पुच पोखराले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बिजुक्छेले बेलाबेलामा छिमेकी देश भारतले नेपालमाथि गर्ने गरेका यस्ता विस्तारवाद र एकाधिकारजस्ता व्यवहारवाट युवा पुस्ताले आत्मनिर्भर हुने पाठ सिक्नुपर्दछ भन्नुभयो ।
 
उहाँले एउटा घरपरिवारले पाँच÷सात महिनाका लागि आपूmलाई चाहिने अत्यावश्यक वस्तु सञ्चित गरेर राख्छ तर राज्यले आवश्यक वस्तु एक हप्तालाई पनि जगेडा गरेर राख्न नसक्नु दुःखद भएको उल्लेख गर्नु भयो । 
 
प्रमुख पार्टीहरूबीच विगतमा भएका भद्र सहमतिअनुसार नयाँ प्रधानमन्त्री नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली नै हुनुपर्ने धारणा राख्दै उहाँले तर नेपाल मजदुर किसान पार्टी भने प्रतिपक्षमा नै बस्ने र सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने जानकारी दिनुभयो ।
 
अध्यक्ष बिजुक्छेले मित्रराष्ट्रहरूमा सरकारले अनुभवी र भाषा विज्ञ राजदूत नियुक्ति गर्न सुझाव दिँदै भन्नुभयो – “जसले सम्बन्धित देशको मन पगाल्ने र सधैँ दुई देशबीचको सम्बन्ध सुमधुर राख्न सक्नेखालको होस् । रासस