मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

रचनालाई लाग्यो ‘दशैं, जमरा र रातो टिकामा मर्काईन कम्मर

रचनालाई लाग्यो ‘दशैं, जमरा र रातो टिकामा मर्काईन कम्मर


काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड दशैं नजिकिँदै छ । तर यसको माहोलले सबैभन्दा पहिला कलाकर्मी तथा सांगितिक सर्जकहरुलाई छोएको छ । दशैंसँग सम्बन्धित रहेर गीतहरु तथा भिडियोहरु बन्ने क्रम जारी छ । यो बीचमा सन अधिकारीको निर्देशनमा शनिबार ‘दशैं आयो’ बोलको गीत फर्पिङमा छायाँकन गरियो । जुन गीतमा सुन्दर मोडल रचना लामाले अन्य कलाकारहरुसंग कम्मर मर्काईन् । १० बढी चलचित्रमा अभिनय गरिसकेकी तथा चलचित्रको पनि अभिनय अनुभव सँगालेकी सुन्दरी रचनाले यो गीतमा अर्की व्यस्त मोडल सुप्रिया कटुवाल र धिरेन कुंवरको पनि अभिनय छ । धेरै चलचित्रको लागी प्रस्ताव आएको सुनाउँदै राम्रो कथा बोकेको र सन्देशमुलक चलचित्रमा मात्र अभिनय गर्ने दृढता बोकेकी रचनाले ‘दशैं’ आउन केहि हप्ता आउनु पहिले नै गीतमा अभिनय गर्न पाउँदा दशैंको खास दिन कहिले आउला जस्तो भएको बताईन् । उक्त ‘दशें आयो’ बोलको गीतमा स्वर डेविट शंकरको छ भने भिडियोलाई अमृत सुनुवारले खिचेको छन् । भिडियो हप्तादिन भित्र नै रिलिज हुने बताईएको छ ।