मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएनए उपाध्यक्षमा खगेन्द्र जिसीको उम्मेद्वारि किन ?

एनआरएनए उपाध्यक्षमा खगेन्द्र जिसीको उम्मेद्वारि किन ?


एनआरएन अमेरिकालाई केही सय सदस्य भएको एउटा सानो संस्थाबाट १०७७२ सदस्य रहेको संसारकै ठुलो एनआरएन एनसीसी बनाउने ऐतिहासिक सफलता हासिल गरेपछि आइसीसीको उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको छु । मेरो यो उम्मेद्वारी आइसीसीमा भौगोलिक र व्यावसायिक समावेसीताको सिद्धान्तलाई स्थापित गर्दै एनआरएन अमेरिकाको सम्मानजनक उपस्थितिका लागि विनम्र प्रयास हो ।

 

एकपटकको नेपाली सधैंको नेपाली भन्ने मूल नारा संविधानमै सम्बोधन भएर हामीले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नागरिकता प्राप्त गर्ने भएका छौँ । तर, यसलाई कानुन बनाएर व्यावहारिक रूपमा लागू गर्नुपर्ने हुन्छ । मेरो कानुनी पृष्ठभूमि र यसैमा काम गरेको अनुभवको सदुपयोग गर्दै म यस कार्यमा कृतसंकल्पित भएर लाग्नेछु । साथै, राजनीतिक अधिकारका लागि पनि क्रियाशील रहनेछु ।

 

विश्वका ७१ राष्ट्रमा फैलिएको एनआरएन नेपाल र नेपालीको सबैभन्दा ठुलो सञ्जाल हो । यही सञ्जालमा रहेका गैर आवासीय नेपालीहरूको सीप, ज्ञान, दक्षता, अनुभव र पुँजीलाई समृद्ध नेपाल निर्माणमा उपयोग गर्न उनीहरूका विषय र समस्यालाई सम्बोधन गर्नुपर्ने हुन्छ  । त्यसका लागि चाहिन्छ, एनआरएन मात्र हेर्ने एनआरएन एम्वेसडर–एट–लार्ज । त्यसको व्यवस्थाका लागि म कृतसंकल्पित रहनेछु ।

 

विश्वको एक मात्र महाशक्ति राष्ट्र अमेरिकामा रहेको एनआरएनले विश्वका अन्य ७० मुलुकमा रहेका एनआरएनसँग सहअस्तित्वको आधारमा सहकार्य गरेर अघि बढ्न सक्छ । त्यसका लागि हामी दुई पक्षीय सहकार्य गर्न सक्छौँ । त्यही सहकार्यलाई पारस्परिक लाभको आधारमा मूर्तरुप दिन पनि  मैले यो उम्मेद्वारी दिएको छु ।

 

लोकप्रिय अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले भनेका छन्, नसोध तिमीलाई राष्ट्रले के दियो, सोच तिमीले राष्ट्रलाई के दियौ ? हामीलाई राष्ट्रले गैर आवासीय नागरिकता नै दियो । त्यसले अब हामीले राष्ट्रका लागि दिने बेला आएको छ । हामी जो जहाँ छौँ र जे सक्छौँ, त्यो गरेर समृद्ध नेपाल बनाउने समउ आएको छ । त्यसका लागि पुल भएर मार्गप्रशस्त गर्न मैले मेरो उम्मेद्वारी दिएको छु ।

 

खगेन्द्र जीसीका १२ बुँदे एजेण्डा

१.एनआरएनलाई विश्वभर छरिएर रहेको नेपाली समुदायसम्म पु¥याउँदै एनआरएनको विश्वव्यापि परिचय स्थापित गर्न

२. नेपालको नयाँ संविधानले व्यवस्था गरेको गैर आवासीय नागरिकताको प्रावधानलाई अक्षरस लागू गर्नका लागि उपयुक्त कानुन तर्जुमा गर्न

३. गैर आवासीय नेपालीका सामाजिक, आर्थिक, सांस्कृतिक, कानूनीअधिकारलगायतका नैसर्गिक अधिकारहरू नेपालभित्र र बाहिर स्थापित गर्न

४. एनआरएन एनसीसीका अध्यक्षलाई पदेन अवैतनिक महावाणिज्यदूत नियुक्त गर्न र अन्य महावाणिज्यदूत तथा वाणिज्यदूत नियुक्त गर्नुपरेमा सम्बन्धित देशको एनआरएन एनसीसीको सिफारिसमा मात्र गर्ने व्यवस्था गर्न

५.एनआरएनको विषय र समस्यालाई सम्बोधन गर्न नेपालमा एनआरएन एम्बेसडर–एट–लार्ज  नियुक्त गर्न पहलकदमी गर्न

 

६. काठमाडौँको त्रिभुवन विमानस्थलमा एनआरएन हेल्प डेस्क स्थापना गर्न

७. एनआरएनलाई सबै तह र तप्काका गैर आवासीय नेपाली पहुँचमा पु¥याइ मूलत? यसलाइृ नेपाली समुदायमा आधारित संस्था बनाउन

८.विश्वभर छरिएर रहेका एनआरएन एनसीसी र आइसीसीबीचको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउन  

९. एनआरएन एनसीसी र अरू सामुदायिक संघसंस्थाको समन्वयमा गैर आवासीय नेपालीको सर्वोत्तम हित हेर्न

१०.विदेशमा रहेको दक्ष नेपाली जनशक्ति नेपाल फर्केर पुनर्निमाणका लागि योगदान गर्ने वातावरण निर्माणका लागि पुलको काम गर्न

 

११.नेपालमा वैदेशिक लगानी, पर्यटन, पर्यटकीय खेलकुद प्रवद्र्धन गर्ने वातावरण बनाउन

१२.नेपाल सरकार र नेपाली डायस्पोरामा रहेका संघसंस्थाका बिचमा सौहाद्रपूर्ण वातावरण सिर्जना गरी सहकार्यको वातावरण बनाउन ।

 

अक्टाेबर ८ मा काठमाडाैं पुग्दैछु

कतार एयरलाइन्सको उडान नं. ६५२ बाट अक्टोबर ८ को विहान ११.४५ बजे काठमाडौं पुग्दैछु । जन्मभुमीको माटो निधारमा राखेर विदेशमा बसेर भए पनि मातृभूमीको भार कम गर्ने अवसर प्राप्त होस् भनेर आशीष लिनेछु । त्यसपछि लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित रहेर चुनावी अभियानलाई अगाडि बढाउने छु । पदका लागि पद भन्दा पनि काम गर्ने अवसरका रुपमा मैले मेरो उम्मेद्वारीलाई लिएको छु ।

उत्तर अमेरिकाका महाधिवेसन प्रतिनिधिहरुले त एनआरएन आइसीसीमा आफ्नो क्षेत्रको सम्मानजनक उपस्थितिका लागि पनि मेरो समर्थन गर्नुहुन्छ नै विश्वभरका एनआरएनहरुले पनि यस क्षेत्रलाई भूगोलको र संख्याको आधारमा उचित स्थान दिनुपर्ने प्राकृतिक न्यायको सिद्धान्त अनुसार मलाई समर्थन गरिदिनु हुने छ भन्ने मेरो विश्वास छ ।

हामीले संविधानमा गैरआवासीय नागरिकता त पायौं तर त्यसलाई कानुनी रुपमा व्यवस्था गर्न मेरो कानूनी पृष्ठभूमी र यसका लागि सुरुदेखि नै काम गर्दै आएको अनुभव काम लाग्नेछ । त्यसैले पनि मेरो उम्मेद्वारीले अनुमोदन पाउँनेछ भन्ने मेरो विश्वास हो ।

काठमाडौंमा मेरो चुनावी कार्यालय :

हेरिटेज प्लाजा, चौंथो तला (दक्षिण)

कमलादी, काठमाडौं ।

फोन : ४१६९१७०, फ्याक्स : ४१६९१७१

सम्पर्क व्यक्ति : समीर जीसी, ९८५११३१४८३

काठमाडौंमा मेरो नम्बर : ९८५१०६२०९९