मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ओबामाद्वारा वधाइ तथा शुभकामना

ओबामाद्वारा वधाइ तथा शुभकामना


न्युयोर्क, सेप्टेम्बर २८ ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिएको उपप्रधानमन्त्री प्रकाशमान सिंहले बताएका छन् ।
 
राष्ट्रसङ्घको ७०औँ महासभामा सहभागी राष्ट्र एवम् सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामाले सोमबार न्युयोर्क प्यालेस होटलमा दिएको रात्रिभोजको अवसरमा भेट हुँदा ओवामाले उक्त कुरा बताएका थिए ।
 
रात्रिभोजको बेला भएको संक्षिप्त भेटमा आफूले राजनीतिक दलहरुको सहमतिमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएको र दलहरुको सहमतिमा यसको कार्यान्वयन गरिने जानकारी अमरिकी राष्ट्रपति ओबामालाई दिएको उपप्रधानमन्त्री सिंहले बताए ।
 
उपप्रधानमन्त्री प्रकाशमान सिंहले राष्ट्रसङ्घको ७०औँ महासभामा नेपाली टोलीको नेतृत्व गरिरहेका छन् ।