मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सामुदायिक हेरचाह केन्द्रका उत्कृष्ट कर्मचारी सम्मानित

सामुदायिक हेरचाह केन्द्रका उत्कृष्ट कर्मचारी सम्मानित


चितवन । समुदायमा एचआईभी संक्रमितहरुका लागि लक्ष्यित कार्यक्रममा उत्कृष्ट काम गरेको भन्दै छहारी महिला समूहले आफ्ना कर्मचारीलाई सम्मान गरेको छ । 

 

छहारी महिला समूहको सामुदायिक हेरचाह केन्द्रमा काम गर्ने चितवन र गोरखाका गरी चार जना कर्मचारीलाई आइतबार सम्मान गरिएको हो ।सामुदायिक हेरचाह केन्द्र चितवनकी कार्यक्रम अधिकृत नारायणी थपलिया, साथी शिक्षक माया अधिकारी, सामुदायिक सेवा केन्द्र गोरखाका कार्यक्रम अधिकृत भगिरथ केसी र साथी शिक्षक सीतादेवी कार्कीलाई सम्मान गरिएको हो । 

 

कार्यगत शैलीको आधारमा उनीहरुलाई सम्मान गरेको संस्थाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समिति चितवनका कार्यक्रम अधिकृत रामहरि न्यौपानेले जिल्लामा लक्ष्यित कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिए । 

 

चितवनमा एचआईभी संक्रमित भएकाहरुका लागि धेरै कार्यक्रम भएको भन्दै सेवा प्रदानका लागि सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । छहारी महिला समूहकी अध्यक्ष मनु तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक डिल्लीराज आचार्य, कार्यक्रम संयोजक चिरञ्जीवी आचार्यलगायतले मन्तव्य राखेका थिए ।