मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाबुरामको कदमप्रति एमाओवादी आश्चर्यमा (विज्ञप्तिसहित)

बाबुरामको कदमप्रति एमाओवादी आश्चर्यमा (विज्ञप्तिसहित)


एमाओवादीले नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको प्रति आश्चर्य व्यक्त गर्दै निर्णयमा पुनर्विचार गर्न भट्टराईलाई आग्रह गरेको छ । १० असोजमा केन्द्रीय समितिको बैठक बोलाइएको र राजनीतिक परिस्थितिको समिक्षा र अन्य विषयमा समेत बैठकमा छलफल हुने अवस्था हुँदाहुँदै पार्टी परित्यागको घोषणा गर्नु अस्वाभाविक विषय बनेको पार्टीका तर्फबाट प्रवक्ता दिननाथ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

“संविधान सभाबाट संविधान घोषणा भइसके पछि देशमा उत्पन्न असहज अवस्थामा सम्पूर्ण जनता एकताबद्ध हुनुपर्नेमा झन पार्टी परित्याग गर्नुले पार्टीलाई गम्भीर बनाएको छ । पछिलो समयमा क अध्यक्षसंग समग्र परिस्थिति बारे पटक–पटक उहाँसंग सौहार्द वातावरणमा छलफल हुँदै आएको थियो । छलफलकै माध्यमबाट सवै समस्याको समाधान हुनसक्ने कुरा सुनिश्चित छँदाछँदै के।स।

बैठकको पूर्व सन्ध्यमा पार्टी परित्याग गर्नु स्वभाविक देखिदैन । क भट्टराईले यस निर्णयमा पुनर्विचार गर्नुहुने आशा छ ।” विज्ञप्तिमा उल्लेख छ ।