मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अन्तर्राष्ट्रिय साझेदारीमा विकासका लक्ष्य हासिल गर्न सकिने

अन्तर्राष्ट्रिय साझेदारीमा विकासका लक्ष्य हासिल गर्न सकिने


न्युयोर्क । उपप्रधानमन्त्री प्रकाशमान सिंह सन् २०१५ पछिका विकासका विषय अनुमोदन गर्न शुक्रबार यहाँ आयोजना गरिएको सम्मेलनमा सहभागी हुनुभयो । 
 
सम्मेलनले आगामी १५ वर्ष अर्थात् सन् २०३० सम्ममा दिगो विकास हासिल गर्न १७ उद्देश्य र एक सय ६९ लक्ष्य निर्धारण गरेको छ । सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले विकासका विषय कार्यान्वयनमा जोड दिँदै उपयुक्त राष्ट्रिय नीति, प्राथमिकता, क्षमताका साथै अन्तर्राष्ट्रिय साझेदारीमा मात्र विकासका लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । 
 
उहाँले जनताकेन्द्रित विकास र शासन पद्धतिबाटै विकासका काममा स्वामित्व स्थापित हुने विचार व्यक्त गर्दै भन्नुभयो, “अति निर्धन र कमजोर वर्गका आकाङ्क्षा र समस्या सम्बोधन गर्ने तथा कसैलाई नछुटाउने महत्वाकाङ्क्षा पूरा गर्न सकिन्छ ।”
 
हालै नेपालमा जनताले निर्वाचित गरेका प्रतिनिधिले लेखेको समावेशी एवम् लोकतान्त्रिक संविधान संविधानसभाबाट जारी भएको जानकारी दिँदै उपप्रधानमन्त्रीले संविधानको प्राप्तिलाई ऐतिहासिक उपलब्धिका रुपमा चित्रण गर्नुभयो । उहाँले समावेशी, लोकतान्त्रिक, सहभागितामूलक एवम् पारदर्शी ढङ्गले संविधान बनाइएको स्पष्ट गर्नुभयो । 
 
सम्मेलनकै क्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले संयुक्त अरब इमिरेट्स (युएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नायनसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा युएईमा कार्यरत नेपालीका हकहित प्रवद्र्धन, प्रवेशाज्ञामा सहजीकरण, हवाई सेवा सम्झौता र दोहोरो कर उन्मुक्तिलगायत आपसी हितका विविध विषयमा विचारविमर्श भएको मन्त्री पाण्डेले राससलाई बताउनुभयो । रासस