न्युयोर्क, सेप्टेम्बर २५ ।संयुक्त राष्ट्र संघको ७०औं महासभाका नेपाली टोली नेता उपप्रधानमन्त्री प्रकाशमान सिंहले संयुक्त राष्ट्र संघमा आयोजित एक बैठकलाई सम्वोधन गरेका छन् । उनले शुक्रबार दीगो विकाससम्वन्धी एउटा बैठकलाई ३३ औं वक्ताका रुपमा सम्वोधन गरेका हुन् ।
बैठक संयुक्त राष्ट्र संघ र यससँग सम्बन्धित विभिन्न संस्थाहरुले आर्थिक, सामाजिक र सांस्कृतिक विष्यमा २०१५ सम्मका लागि तय गरिएका सहसताव्दी लक्ष्य र हासिल भएका उपलव्धीसँग सम्वन्धित थियो ।
बैठकमा २०१५ पछि ती कार्यक्रमहरुलाइृ कसरी अगाडि बढाइने भन्ने बारेमा विचार मन्थन गरियो । बैठकमा उपप्रधानमन्त्री सिंहले नेपालजस्ता तेस्रो विश्वका समान समस्याका बारेमा आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया